Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “इतिहासले जसलाई मिल्न भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरूसँग मिल्न हुँदैन।”

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गर्नुभयो। ठूलो सङ्घर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उनको भनाइ थियो।

विचार, राजनीति, लोकतन्त्रबारे विगतमा हुने गरेको बहस तथा प्रभाव उच्चस्तरको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताए ।

देशको राजनीतिक र जनताको अवस्थाको चित्रण गर्दा आक्रोश, आवेग, पलायनजस्ता प्रवृत्ति हाबी भएको तथा देश र जनताका लागि कतिबेला केकति आवश्यकता हो भन्नेबारेमा पनि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

वामपन्थ र लोकतन्त्रको मान्यतालाई समायोजित गरेर देशलाई अगाडि बढाउने उद्देश्यका साथ संविधान जारी भएको स्मरण गर्दै उनले जनतामा फैलिएको अराजकतामा टेकेर देशलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल नहोस् भन्नेतर्फ पनि उत्तिकै सचेत हुनुपर्ने उनको भनाइ छ।

पार्टीको केन्द्रीय सल्लाहकार र प्राध्यापक सङ्घको अध्यक्षका रूपमा हेर्दा ‘अखिल सर’ निष्ठावान कार्यकर्ताका रूपमा चिनेको स्मरण गरेका छन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलगायतले अखिलेश्वरलाल दासको बौद्धिक व्यक्तित्वका बारेमा प्रकाश पारेका थियो।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?