Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “इतिहासले जसलाई मिल्न भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरूसँग मिल्न हुँदैन।”

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गर्नुभयो। ठूलो सङ्घर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उनको भनाइ थियो।

विचार, राजनीति, लोकतन्त्रबारे विगतमा हुने गरेको बहस तथा प्रभाव उच्चस्तरको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताए ।

देशको राजनीतिक र जनताको अवस्थाको चित्रण गर्दा आक्रोश, आवेग, पलायनजस्ता प्रवृत्ति हाबी भएको तथा देश र जनताका लागि कतिबेला केकति आवश्यकता हो भन्नेबारेमा पनि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

वामपन्थ र लोकतन्त्रको मान्यतालाई समायोजित गरेर देशलाई अगाडि बढाउने उद्देश्यका साथ संविधान जारी भएको स्मरण गर्दै उनले जनतामा फैलिएको अराजकतामा टेकेर देशलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल नहोस् भन्नेतर्फ पनि उत्तिकै सचेत हुनुपर्ने उनको भनाइ छ।

पार्टीको केन्द्रीय सल्लाहकार र प्राध्यापक सङ्घको अध्यक्षका रूपमा हेर्दा ‘अखिल सर’ निष्ठावान कार्यकर्ताका रूपमा चिनेको स्मरण गरेका छन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलगायतले अखिलेश्वरलाल दासको बौद्धिक व्यक्तित्वका बारेमा प्रकाश पारेका थियो।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?