Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सङ्घसँग छिनोफानो गर्न सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुने


काठमाडाैं। सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सङ्घ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने भएको छ । आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको हो ।

त्यस्तै, गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि सङ्घले तदारुकता नदेखाएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा भएको समन्वय परिषद्को बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो ।

विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र सङ्घीयताको गाँठो फुकाउने बैठकको निर्णय थियो भने ६ महिनाको समयसीमा पुस १५ गते सकिँदै छ । त्यसको २ दिन अगाडि नै हेटौँडामा बैठक राखेर छिनोफानो गर्न लागेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

उक्त सङ्घ सरकारसँग सङ्घीयता कार्यान्वयनका बारेमा छिनोफानो गर्ने मनस्थितिमा पुगेरै बैठक राखिएको बताइएको छ भने उक्त प्रदेश विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले अब यसरी नै अगाडि बढ्न नसक्ने बताएका हुन् ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?