Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रुकुम पश्चिममा यस्ता टहरा बनाएर फर्कियाे शिवाकोटी सहित कांग्रेसकाे टाेली (फाेटाे फिचर)


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५० टहरा बनाएका हुन् । कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ ।

सोही क्रममा नेता शिवाकोटीले आफ्नो जिम्मेवारीलाई सहश्र लिँदै समजासेवामा उत्रिएका हुन् । सायदै यसरी उनले आफ्ना लागि घरका टहरा वा गाईवस्तु पाल्ने गोठ वा अन्य कुनै प्रयोजनका लागि छाप्रा वा टहर बनाए होलान् । तर विपदमा मानवीयता देखाउनु पर्ने भएकाले उनमा स्वतस्फूर्त बल आएको हो । त्यतिमात्र होइन पार्टीको निर्देशनलाई सिरोपर गर्दै उनी प्रतिकूल मौसमबीच पनि आठबिसकोट पुगेर आफैँ खटिएर टहरा निर्माण गरेका हुन् । पहिलो पटक १५ घर हस्तान्तरण गरेर आएका शिवाकोटीले दोस्रो पटक ३५ टहरा बनाएर फर्केका हुन् ।

उनले चारबिसकोटमा ४ ओटा वडामा केन्द्रित रहेर ५० टहरा बनाएका हुन् । जसमा ११ वडामा २१ ओटा, १२ वडामा ४ ओटा, १३ वडामा ६ ओटा, १४ वडामा १९ ओटा टहरा बनाएर हस्तान्तरण गरेको बताए । यी टहरा बनाउँदा उनले समाजमा जो पीडित छन् उनीहरुकै लागि पहिलो प्राथमिकता रोजेका थिए । उनले भने, ‘विभिन्न समुदायका, एकल महिला, वृद्धवृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरुको परिवारलाई प्राथमिकतामा राखेर बनाइयो ।’

उनले टहरा बनाउँदा पीडितलाई कुनै पनि आर्थिक भार पर्न नदिएको बताए । उनले सो क्रममा काठ भत्केका घर वा गोठकै प्रयोग गरिएको र बाँकी लाग्ने सामग्री आफूहरुले नै लगेर गएको बताए । केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘पीडितको कुनै पनि भार नपर्ने गरी बनाएका हौँ, काठहरु त्यही भत्केको घरको प्रयोग भएको हो । जस्तापाता र छाउन लाग्ने अन्य सामग्रीहरुसँगै मिस्त्रीको खर्चसमेत सबै हामीले नै बेहोरका हौँ ।’ रुकुममा सबैभन्दा छिटो टहरा बनाएर हस्तान्तरण गर्ने शिवाकोटी नै हुन् । उनले थप टहरा बनाउने क्रम पनि चलिरहेको बताए ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?