Trending
>>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

कविता प्रतियोगिता आयोजना गर्दै राप्रपा, प्रथमलाई एक लाख पुरस्कार


काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

सो पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन् । प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मूल्याङ्कन गर्नेछन् भने मूल्याङ्कन समितिका सदस्यहरूको नाम पुस २७ गते नै जानकारी गराइनेछ ।

उक्त कविता पुसको १५ गते भित्रमा पठाउन आह्वान गरेको छ भने सो प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार तथा अन्य तीनजनालाई १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

 


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?