Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


माग बढेपछि कफी खेतीप्रति आकर्षण

बेलबारी,मोरङ। कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका तीन पालिकाका बासिन्दा यसप्रति आकर्षित भएका छन् । पछिल्लो समय यहाँका तीन पालिकामा एकसय ५० हेक्टर जमिनमा कफी लगाइएको छ । उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु

गोरुसिङ्गे–सन्धिखर्क सडक कालोपत्र गरिँदै

अर्घाखाँची। पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्नेगरी काम अघि बढेको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर रहेको

राप्रपाको जलपानमा दुई थरी मेन्युः केरा, समोसा, लड्डु (फोटोफिचर):-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गरेको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित भएका छन् भने विभिन्न कूटनैतिक नियोगका पदाधिकारी समेत सहभागी रहेका छन् । उक्त चियापान कार्यक्रममा आएका पाहुनाहरूको

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु: मन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा

एनएमबी बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा मनोजकुमार गोयल चयन

काठमाडौं। एनएमबी बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त बैंकको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा हिजो राष्ट्रिय सभागृहमा २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले

पूर्वी तराईमा ‘भक्का’ खाने चलन लोकप्रिय

झापा। पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ । पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्दछन् भने

आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै

भक्तपुर। बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा  स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा जलपान

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा सहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरेका थिए । सो कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, मन्त्रिहरु, मन्त्रिपरिषद्का पूर्वध्यक्ष, विभिन्न राजनीति दलका नेता

नागरिक उन्मुक्तिको वरिष्ठ उपाध्यक्षमा पण्डित र कोषाध्यक्षमा चौधरी निर्विरोध

काठमाडौं। नागरिक उन्मुक्तिको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताको समयमा उपाध्यक्षमा पण्डितको र कोषाध्यक्षमा चौधरी मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । त्यस्तै, पण्डित यस अघि पनि वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता थिए भने रेशम चौधरी अध्यक्षमा

निःशुल्क दाउरा बाँड्छन् हरेन्द्र

कञ्चनपुर। चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिन्छन् । उनको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो । उनले निःशुल्करुपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करुपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएका छन् । ज्याला

सम्वन्धित समाचारहरु