Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राप्रपाको जलपानमा दुई थरी मेन्युः केरा, समोसा, लड्डु (फोटोफिचर):-


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गरेको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित भएका छन् भने विभिन्न कूटनैतिक नियोगका पदाधिकारी समेत सहभागी रहेका छन् ।

उक्त चियापान कार्यक्रममा आएका पाहुनाहरूको स्वागतका लागि मञ्च बनाइएको छ भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू अतिथिको स्वागतमा जुटिरहेका छन् । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका साथै विभिन्न दल नेताहरू सहभागी रहेका छन् ।

 

सर्वसाधारण र भीआईपीलाई फरक मेन्युः

राप्रपाले गरेको जलपान समारोहमा सर्वसाधारण र भीआईपीका लागि दुई थरी मेन्यु राखिएको छ । झण्डै ६ हजार सहभागीलाई अर्पण व्याङकेटले मेन्युको व्यवस्था गरेको छ भने सर्वसाधारणका लागि केरा, लड्डु चप, समोसा, निम्किन र चियाको व्यवस्था गरिएको छ ।

यसका लागि ६५ जना कर्मचारी खटिएका छन् । झन्डै ६ सय भीआईपीका लागि स्यान्डविच, फ्रेन्च फ्राई, ग्रीन कवाव, कुकिज, चिया र कफिको व्यवस्था गरिएको अर्पण व्याङकेटका सञ्चालक शिव कुमार अग्रवालले जानकारी दिएका छन् ।

 

 

 

 

 


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?