Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राप्रपाको जलपानमा दुई थरी मेन्युः केरा, समोसा, लड्डु (फोटोफिचर):-


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गरेको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित भएका छन् भने विभिन्न कूटनैतिक नियोगका पदाधिकारी समेत सहभागी रहेका छन् ।

उक्त चियापान कार्यक्रममा आएका पाहुनाहरूको स्वागतका लागि मञ्च बनाइएको छ भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू अतिथिको स्वागतमा जुटिरहेका छन् । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका साथै विभिन्न दल नेताहरू सहभागी रहेका छन् ।

 

सर्वसाधारण र भीआईपीलाई फरक मेन्युः

राप्रपाले गरेको जलपान समारोहमा सर्वसाधारण र भीआईपीका लागि दुई थरी मेन्यु राखिएको छ । झण्डै ६ हजार सहभागीलाई अर्पण व्याङकेटले मेन्युको व्यवस्था गरेको छ भने सर्वसाधारणका लागि केरा, लड्डु चप, समोसा, निम्किन र चियाको व्यवस्था गरिएको छ ।

यसका लागि ६५ जना कर्मचारी खटिएका छन् । झन्डै ६ सय भीआईपीका लागि स्यान्डविच, फ्रेन्च फ्राई, ग्रीन कवाव, कुकिज, चिया र कफिको व्यवस्था गरिएको अर्पण व्याङकेटका सञ्चालक शिव कुमार अग्रवालले जानकारी दिएका छन् ।

 

 

 

 

 


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?