Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै


भक्तपुर। बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा  स्तरोन्नति गरिने भएको छ ।
बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो । उक्त प्रदेश सरकारले अस्पतालका रूपमा विस्तार गर्दै दरबन्दीको व्यवस्था गरेकाले चाँगुनारायण नगरपालिका–७ खरिपाटी कृषि सेवा केन्द्रको २१ रोपनी जग्गामध्ये ११ रोपनी जग्गामा उक्त अस्पतालका लागि भवन निर्माण गरिने भएको छ ।
त्यस्तै, एक वर्ष अगाडि नै उक्त अस्पतालका लागि जग्गा खोजी गर्ने क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा नरेन्द्रप्रसाद गिरी र आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष राजु अधिकारीले चाँगुनारायण नगरपालिकासँग जग्गा माग गर्नुभएकामा नगरपालिकाले ११ रोपनी जग्गा उक्त अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्ने निर्णय गर्दै दरबन्दी थप गरेकामा खुसी व्यक्त गर्दै नगरप्रमुख जीवन खत्रीले भने, “खरिपाटीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि  ११ रोपनी जग्गा दिन वडा र नगरपालिकाले निर्णय गरेर सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मालपोत, नापी कार्यालयका पदाधिकारीलगायत सरोकारवालाको स्थलगत अवलोकनपछि बसेको बैठकले उक्त जग्गा उपयुक्त रहेको भन्दै स्वीकृत गरेर सरकारलाई सिफारिस गरेको थियो ।
अहिले कमलविनायकमा भाडाको भवनमा उक्त केन्द्रले सेवा प्रवाह गर्दै आएकामा सरकारले छिटो निर्णय गरिदिए अर्को वर्ष भवन निर्माणले सार्थकता पाउने उनले बताए । त्यस्तै, स्वास्थ्य केन्द्रका प्रमुख डा. सरकारले जग्गा उपलब्ध गराउने निर्णय नगरेसम्म भवन निर्माणको प्रक्रिया अगाडि नबढ्ने बताएका छन् । उनले अहिले दैनिक ५० भन्दा बढी बिरामीलाई ओपिडी सेवा दिँदै आएको र भवन अभावले भाडाको साँघुरो भवनमा बसेर सेवा दिनुपरेकामा भवन बने उपचारले ठूलो फड्को मार्न सक्ने  बताए ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश सरकारले प्रदेशभित्रका १३ जिल्लाका आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई विस्तार गरी चितवन र नुवाकोटलाई २५ श्ययाको र भक्तपुर जिल्लासहित बाँकी ११ जिल्लालाई १६ श्ययाको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गर्ने निर्णयसहित दरबन्दी स्वीकृत गरेर बजेट व्यवस्थापन गरेको बताए ।

प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?