Trending
>>   जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस् >>   सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा >>   भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा >>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर)
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

निःशुल्क दाउरा बाँड्छन् हरेन्द्र


कञ्चनपुर। चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिन्छन् । उनको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो ।

उनले निःशुल्करुपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करुपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएका छन् । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा उनी लागेका हुन् ।

“आफूसँग उपलब्ध भएको दाउरा निःशुल्करुपमा वितरण गरी जाडोको समयमा ताप्ने गरी बाँड्ने गरेका छौँ”, उनले भने, “अपुग भएका क्षेत्रमा सामुदायिक वनबाट खरिद गरेर दाउरा आवश्यकताका आधारमा आफ्नै ढुवानीका साधनमा राखेर वितरण गर्छौं ।”

उक्त नगरपालिकाका–४, ५, ६ र ७ मा गरी पाँच सय क्विन्टल दाउरा वितरण गरिसकिएको उनले बताए । उनले चिसोबाट जोगाउन नगरपालिकाका चार वडाका ७० बढी ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएका छन् ।

“आगो ताप्न पाएर चिसोबाट जोगिन पाएका छौँ”, स्थानीय जोगी चौधरीले भने, “चिसोबाट जोगिनका लागि न्यानो कपडा थिएन, बोहराले उपलब्ध गराएको दाउरा बालेर आगो तापेर शरीरलाई न्यानो पार्दै आएका छौँ ।” बोहरा नगरपालिका क्षेत्रकै सफल किसान हुनुहुन्छ । उनले व्यावसायिकरुपमा कुखुरा, बाख्रा, माछा, बङ्गुरपालनको कार्यसँगै केराखेती गर्दै आएका छन् ।

व्यावसायिक कार्य गरेर आएको केही रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा खुसी भएको बोहरा बताउछन् ।

 


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?