Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

एनएमबी बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा मनोजकुमार गोयल चयन


काठमाडौं। एनएमबी बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त बैंकको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा हिजो राष्ट्रिय सभागृहमा २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए भने निर्वाचित सञ्चालकहरूसमेतको सोही मितिमा बसेको बैठकले मनोजकुमार गोयललाई अध्यक्षमा चयन गरेको छ ।

त्यस्तेै, संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्षसहित जीवनकुमार कट्वाल तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिक प्रकाशलाई मनोनीत गरी पठाएको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?