Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

समाचार


नास्तिकता फैल्याउन अमेरिकी डलर लिनेहरुको नाम सार्वजनिक होस्:राजेन्द्र लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा धर्म निरपेक्ष कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् । मंगलवारको प्रतिनिधि सभाको बैठकमा उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्सले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवद्र्धनका लागि खर्च गरेको

अध्यादेशबारे प्रतिपक्षि दलहरुले बेकारको बखेडा झिके, संविधानबाटै यो व्यवस्था खारेज गरौँः सांसद घिमिरे

काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताउदै आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताएका छन् । उनले अध्यादेश

ओडिसा घटनामा प्रभावित विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले ओडिसा राज्य ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्रय संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाएका छन्

प्रचण्डलाई सुर्य थापाको प्रश्नः झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिशोध भन्नु ढाकछोप होइन ?

काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानून र निकायहरुले छानविन गरिरहेको बताएका छन्। मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानविन नहुने बताए ।

सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाएन : सांसद सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उनले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताउदै उनले इलामका बाटो र पुलहरु अलपत्र अवस्थामा छोडिएको र अलपत्र परेका

उर्जामन्त्री खड्काले संसद्मै कुलमानबारे भने -‘उहाँ देवता होइन, अराजक गतिविधिमाथि लगाम त लाउनैपर्छ !’

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गर्नुभएको छ ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कार्यकारी निर्देशक खड्काले सरकारलाई नटेर्ने र सञ्चालका समितिका निर्णयहरु कार्यान्वयन गर्ने नगरेको आरोप लगाउनु

विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानविन होस्ः सांसद विश्वकर्मा

काठमाडौँ। राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरुलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गरेका छन्

“पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ विधायन समितिमा पठाइयो

काठमाडौँ। “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । मंगलवारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रश्तावलाई सर्वसहमतिले स्वीकृत भइ समितिमा पठाइएको हो ।

वडासचिवलाई कुटपिट गर्ने वडा अध्यक्षलाई कारबाही गर्न माग

काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गरेका हुन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेको थिए

प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, न्यायका लागि कुटनीतिक पहल गर्न आग्रह

काठमाडौँ। भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ । मंगलवारको सभाको बैठकमा राष्ट्रि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मृतक लम्साललाई न्याय दिन तर्फबाट यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन् । प्रकृति लम्सालको रहस्यमय निधनको विषयले

सम्वन्धित समाचारहरु