Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, न्यायका लागि कुटनीतिक पहल गर्न आग्रह


काठमाडौँ। भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ ।

मंगलवारको सभाको बैठकमा राष्ट्रि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मृतक लम्साललाई न्याय दिन तर्फबाट यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन् । प्रकृति लम्सालको रहस्यमय निधनको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस विषयमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘माननीय सदस्यहरु । सभाको आजको बैकठमा आकस्मिक समयमा माननीय सदस्यहरुले उठाउनुभएको भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय निधनको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु । साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्राछात्रले सुरक्षित वातावरणमा निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु ।’

उनले उक्त क्याम्पसमा अध्ययनरत नेपाली छात्राछात्रले सुरक्षित वातावरणमा निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?