Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नास्तिकता फैल्याउन अमेरिकी डलर लिनेहरुको नाम सार्वजनिक होस्:राजेन्द्र लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा धर्म निरपेक्ष कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्सले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवद्र्धनका लागि खर्च गरेको अभिव्यक्ति दिनुभएको र अमेरिकाका सभामुख माइक जोर्ड स्वयंले पनि करिव १ सय मिलियन डलर नेपालमा नास्तिकता फैल्याउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए। उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न माग गरेका छन् ।

उनले भने,‘नेपालमा धर्म निरपेक्ष कायम गर्नका लागि, संविधानमा धर्म निरपेक्ष राज्य लेख्नका लागि ठूलो पैसाको चलखेल भएको थियो र पार्टी नेताहरु विक्री भए भनेर बजारमा कुरा हुन्थ्यो । त्यसको कुनै प्रमाण थिएन । पछिल्लो समय अमेरिकाकै एक सांसदले ब्राइण्ड माक्स जो त्यहाँका विदेश मामिला समितिका सभापति पनि हुनुहुन्छ । उहाँ रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले नेपालमा नास्तिकता प्रवद्र्धन गर्न ५ मिलियन डलर खर्च भएको छ । हामीले विभिन्न ठाउँमा प्रश्न उठायौँ । त्यो विषयमा कुरा भइरहेको थियो । पछिल्लो दिनमा त्यहाँका सभामुख माइक जोर्डले नै अझ थप पुष्टि गरे । ५ मिलियन डलर होइन त्यो भन्दा दुई सय गुणा बढी १ सय मिलियन डलर अहिले झन्डै नेपाली मुद्रा १४ अर्ब नेपालमा धर्म परिवर्तन र नास्तिकता प्रवद्र्धनका लागि खर्च भएको छ । अहिलेको संविधानप्रति धेरै असहमति छन् । कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवद्र्धन गर्न खर्च गरिरहेको छ भन्नेकुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानविन गर्नुपर्ने कुरा हो की होइन । सरकारले चासो राख्नुपर्ने विषय हो की होइन ? म सरकारसँग माग गर्न चाहन्छु, यसमा कोको संलग्न छन्, कसको संलग्नता छ त्यसमा छानविन होस् । सरकारले यसलाई सुनेर छोड्ने काम नगरोस् । ’

उनले निष्पक्ष छानविन गरी दोषीउपर कारबाही गर्न समेत माग गरेका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?