Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नास्तिकता फैल्याउन अमेरिकी डलर लिनेहरुको नाम सार्वजनिक होस्:राजेन्द्र लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा धर्म निरपेक्ष कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्सले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवद्र्धनका लागि खर्च गरेको अभिव्यक्ति दिनुभएको र अमेरिकाका सभामुख माइक जोर्ड स्वयंले पनि करिव १ सय मिलियन डलर नेपालमा नास्तिकता फैल्याउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए। उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न माग गरेका छन् ।

उनले भने,‘नेपालमा धर्म निरपेक्ष कायम गर्नका लागि, संविधानमा धर्म निरपेक्ष राज्य लेख्नका लागि ठूलो पैसाको चलखेल भएको थियो र पार्टी नेताहरु विक्री भए भनेर बजारमा कुरा हुन्थ्यो । त्यसको कुनै प्रमाण थिएन । पछिल्लो समय अमेरिकाकै एक सांसदले ब्राइण्ड माक्स जो त्यहाँका विदेश मामिला समितिका सभापति पनि हुनुहुन्छ । उहाँ रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले नेपालमा नास्तिकता प्रवद्र्धन गर्न ५ मिलियन डलर खर्च भएको छ । हामीले विभिन्न ठाउँमा प्रश्न उठायौँ । त्यो विषयमा कुरा भइरहेको थियो । पछिल्लो दिनमा त्यहाँका सभामुख माइक जोर्डले नै अझ थप पुष्टि गरे । ५ मिलियन डलर होइन त्यो भन्दा दुई सय गुणा बढी १ सय मिलियन डलर अहिले झन्डै नेपाली मुद्रा १४ अर्ब नेपालमा धर्म परिवर्तन र नास्तिकता प्रवद्र्धनका लागि खर्च भएको छ । अहिलेको संविधानप्रति धेरै असहमति छन् । कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवद्र्धन गर्न खर्च गरिरहेको छ भन्नेकुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानविन गर्नुपर्ने कुरा हो की होइन । सरकारले चासो राख्नुपर्ने विषय हो की होइन ? म सरकारसँग माग गर्न चाहन्छु, यसमा कोको संलग्न छन्, कसको संलग्नता छ त्यसमा छानविन होस् । सरकारले यसलाई सुनेर छोड्ने काम नगरोस् । ’

उनले निष्पक्ष छानविन गरी दोषीउपर कारबाही गर्न समेत माग गरेका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?