Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ओडिसा घटनामा प्रभावित विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले ओडिसा राज्य ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्रय संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाएका छन् । उनले सोमवार संसद खुल्ने बित्तिकै परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए विद्यार्थीको बिच्चली हुने स्थिति सिर्जना हुन नपाउने उल्लेख गर्दै यस्ता विषयमा संसद अझै गम्भिर बन्न जरुरी रहेको बताए ।

उनले भने, ‘ओडिसामा नेपाली विद्यार्थीमाथि दुव्र्यवहारको श्रृंखला नै चल्यो । पहिलो विज्ञप्ती त सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई विश्विद्यालय छोडेर देश फर्क भनेर समेत आयो । त्यसैले त्यहाँ समय समयको महत्व थियो । हामीले यो विषयमा हिजो संसद खुल्नासाथ परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए सयौं विद्यार्थीहरुको बिच्चली हुने थिएन । पछि सच्चिदै गयो । विद्यार्थीहरुलाई फर्किन आह्वान समेत गरियो । तर कतिपय समयमा पलपलको महत्व हुँदो रहेछ । यस्तो बेलामा संसदले विषेश संवेदनशीलता देखाउनुपर्ने विषय रहन्छ । यस विषयमा कतै न कतै हामीले यसको निदान त खोज्नैपर्छ । तर समग्रमा परराष्ट्र संयन्त्र ढिलामात्र परिचालन भयो । अब त्यस घटनाको सत्यतथ्य छानविनको लागि भारत सरकारलाई कुटनीतिक च्यानेलमार्फत भन्नुपर्ने हुन्छ । विद्यार्थीहरुको भौतिक र शैक्षिक सुरक्षा अझै पनि महत्वपूर्ण छ । त्यसको प्रत्याभूति पनि हामीले खोज्नुपर्ने छ । र न्याय र क्षतिपूर्तिका कुराहरु पनि रहेका कारण हामीले निरन्तर कुटनीतिक पहल गर्नुपर्यो । र हामीले विज्ञप्ति जारी गर्दैमा जिम्मेवारी फत्ते भयो भन्ने छुट छैन ।’

उनले विज्ञप्ती जारी गर्दैमा सरोकारवाला निकायको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै न्याय र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत सरकारसँग माग गरेका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?