Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वडासचिवलाई कुटपिट गर्ने वडा अध्यक्षलाई कारबाही गर्न माग


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गरेका हुन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेको थिए । उहाँले रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेको समेत बताए । उनले कुटपिट गरिएको प्रति घोर आपत्ति जनाउँदै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

उनले भने,‘अध्यक्ष महोदय अहिले जनप्रतिनिधिबाटै कर्मचारी कुटिएको छ । सोमवार तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुसालमाथि कुटपिट गरेको छ । रुपन्देहीको रोहनी गाउँपालिका २ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई कुटपिट गरेको छ । यो कुटपिटको घोर भत्र्सना गर्दछु । र यी वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गर्दछु ।’

उनले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले घटनाबारे आवश्यक अनुसन्धान गरी नेपाली विद्यार्थीलाई अलपत्र पार्ने काम गरेको विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न कुटनीतिक पहल गर्न माग गरेका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?