Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रचण्डलाई सुर्य थापाको प्रश्नः झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिशोध भन्नु ढाकछोप होइन ?


काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानून र निकायहरुले छानविन गरिरहेको बताएका छन्।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानविन नहुने बताए । उनले छानविन गर्ने कानून र निकायहरुले छानविन गरिरहेको बताउदै उनले देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरु उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘आज देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद छ । अनेक काण्ड चर्चामा छन्, चर्चामा ल्याइएका छन् । ति उचालिन्छन्, सेलाउँछन् । काण्डहरु उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन् । विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ । २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएन जस्तो गरेर बोल्ने, मानौँ राम राज्य थियो जस्तो गर्ने मुखहरु अहिले बढी सक्रिय भएको पाइन्छ । ति काण्ड त्यतिबेला पर्दाभित्र राखिएका थिए, बोलिएका थिएनन् । स्वार्थमा सौदाबाजी गरिएका थिए की के थिए ? छानबिन कहाँ भएका थिए ? म सोध्न चाहन्छु, यती, ओम्नी केके भन्नुहुन्छ, २० महिनासम्म कहाँ छानविन गरियो ? आज बलपूर्वक भन्नुस् वा अनिच्छावस भन्नुस् सरकारबाट बाहिरिनुपर्दा ति फेरि जम्जमाउन थालेका छन् । शेरा दरबार काण्ड आदि सतहमा आएका छन् । ओठे जवाफ दिनेगरी मलाई छानविन गरियोस् भनिएको छ । छानविन ओठे जवाफका आधारमा हुँदैन । छानविन गर्ने कानून र निकायहरुले गर्दछन् । कानून र निकायहरुले तिनलाई हेरिरहेका छन् ।’

उनले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्नेकुरा भ्रष्टाचारको ढाकछोप हो की होइन ? भन्दै प्रश्न गरे।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?