Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अध्यादेशबारे प्रतिपक्षि दलहरुले बेकारको बखेडा झिके, संविधानबाटै यो व्यवस्था खारेज गरौँः सांसद घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताउदै आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताएका छन् । उनले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहश्रले प्रश्न गर्ने गरेको उल्लेख गर्दै बिग्रियो अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न गरे । उनले यदि विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने बताए । उनले संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रश्ताव राखेका छन् ।

उनले भने, ‘आर्थिक उदारीकरणको क्षेत्रमा, निजी क्षेत्रलाई आर्थिक उत्पादनको क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ भन्ने विषयमा, विश्व बजारीकरणका विषयमा लगभग यो संसदभित्र एकदुई जनाबाहेक सबैको सहमति भएको मैले पाएको छु । भाषण गर्दा त्यही बोल्नुहुन्छ, संसदको राष्ट्रममा उभिएर पनि त्यही बोल्नुहुन्छ । अध्यादेश ल्याउँदा बिग्रियो चाहीँ के ? अनि यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत चाँही किन पर्यो ? कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाउँ । त्यो पनि सहमतिबाटै गरौं । संविधान संशोधनको विषय उठि नै रहेको छ । अध्यादेश ल्याउने कुरा संविधानबाट हटाउँ । त्यो पनि हुनसक्छ । होइन भने अध्यादेश किन ल्याउने भन्ने कुरा मत संविधानमै स्पष्ट उल्लेख गरेको छ । संसद छलेर अध्यादेश ल्याइयो भनियो । कँही संसद छलेर कानून बन्छ ? संसदमै आउने होइन । यस्ता विषयमा बेकारको बखेडा झिक्नुपर्ने अवश्यकता छ जस्तो मलाई लाग्दैन ।’

प्रतिपक्षी दलहरुले संसद छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उहाँले संसद छलेर कानून नबन्ने स्पष्ट पार्दै उनले अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उनको भनाइ छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?