Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाएन : सांसद सुहाङ नेम्वाङ


काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उनले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताउदै उनले इलामका बाटो र पुलहरु अलपत्र अवस्थामा छोडिएको र अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन आग्रह गरेका छन् ।

उनले भने, सुशासनको कमजोरीको कारणले विकास निर्माणका कामले पूर्णता प्राप्त गर्न नसक्दा जनताले कष्ट भोग्नुपरेको छ । इलामकै थुप्र बाटा र पुलहरु अलपत्र अवस्थामा छन् । अझै बर्खामा समयमा त जनताको जीवनस्तर थप कष्टकर बन्ने अनुमान समेत गर्न सकिन्छ । सोच्नुपर्ने विषय के हो भने बजेट जान्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण यस सम्मानित सदनले सुशासन कायम गर्न सम्बन्धीत निकाय र ठेक्कावालाहरुलाई कामलाई पूर्णता दिन पहल गरोस् । कडाईका साथ दबाब दिओस् ।’

उनले विकास निर्माणका काममा गम्भिरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताए ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?