Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

उर्जामन्त्री खड्काले संसद्मै कुलमानबारे भने -‘उहाँ देवता होइन, अराजक गतिविधिमाथि लगाम त लाउनैपर्छ !’


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गर्नुभएको छ ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कार्यकारी निर्देशक खड्काले सरकारलाई नटेर्ने र सञ्चालका समितिका निर्णयहरु कार्यान्वयन गर्ने नगरेको आरोप लगाउनु भयो । उहाँले विद्युतको क्षेत्रमा सतप्रतिशत लगानी सरकारकै भएको समेत उल्लेख गर्नुभयो । उहाँले उहाँ आएपछि लोडसेडिङ मुक्त नभई पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत आयात गरिएको बताउनु भयो । उहाँले कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कार गर्न सकिने भएपनि देवता मान्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाल विद्युत प्राधिकरणका एमडीको कारणले लोडसेडिङ नभएर उत्पात भएजस्तो मान्नुहुन्छ । तत्कालिन अवस्थामा ८ वर्ष अगाडि नेपालको आवश्यकता लोडसेडिङ हुन नदिनका लागि साढे चार सय मेगावाटको आवश्यकता रहेछ । त्यो कम भएको विद्युत भारतबाट ल्याइयो । भारतबाट विद्युत ल्याउनका लागि त पहिले नै ट्रान्समिसन लाइन बन्नुपथ्र्यो होला नि । त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो ? अनि उहाँ देवता हुनुभयो ? अचम्म लाग्छ । उहाँले केही राम्रो काम गर्नुभयो होला । त्यसका लागि पुरस्कार के दिनुपर्छ दिउँला । सञ्चालक समिति निर्णय गर्छ उहाँ कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न । सतप्रतिशत लगानी सरकारको छ । कर्मचारीहरु भाषण गर्दै जानुहुन्छ ।

तपाईले नोटिस गर्नुपर्छ उहाँको गतिविधिलाई यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लाउनुपर्छ । तर एउटा कर्मचारीको विषयमा सम्मानित विषयमा किन यति ठूलो कुरा गर्नुपरेको मलाई अचम्म लागेको छ ।’नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहिन कुरा नगर्न उहाँले सबैमा आग्रह समेत गर्नुभयो ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?