Trending
>>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

समाचार


भारी वर्षापछि अवरुद्ध सडक कहाँ–कहाँको खुल्यो ? प्रशासनले सार्वजनिक गर्‍यो विवरण

काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौँ हुँदै पृथ्वी राजमार्गतर्फ जाने सवारी साधनहरूको आवागमन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यातायात सुचारुका लागि विशेष सूचना जारी गरेको छ। कार्यालयले आइतबार प्रकाशित सूचनामा काठमाडौँबाट दक्षिणतर्फ अर्थात् हेटौँडातर्फ जाने सवारी साधनहरूका लागि मार्ग परिवर्तन तथा अस्थायी सुचारु कार्य भइरहेको जानकारी

पूर्वसूचनाको बुझाईमा एकरुपताका कारण विपद्सँग लड्न सफल भयौँः महानिर्देशक जोशी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचनाको बुझाईमा एकरुपता र समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गरेकाले विपद् प्रतिकार्यमा सफलता मिलेको बताएका छन्  । आईतवार पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरेको बताए  । मौसम

मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरु परिचालन

काठमाडौँ। शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने

काठमाडौँ। शुक्रवार रातिदेखि सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ । शुक्रवार र शनिवार रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीकाअनुसार महेशपुरमा करिव ३० घण्टामा ३५४.६ मिलिमिटर वर्षा भएको छ । महेशपुरमा १९ घण्टा लगातार वर्षा भएको थियो ।

गृहमन्त्रीको प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक, कडा निर्देशन जारी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै गृहमन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गरेको छ। शनिबार अपराह्न गृहमन्त्री ओम प्रकाश अर्यालले प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सम्भावित जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि कडा निर्देशन दिएका

विपद्को बेला जिम्मेवार बन्छौं, सेवा र उद्धारमा जुटौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अविरल वर्षाबाट उत्पन्न विपद्को अवस्थामा सबै नागरिक र कांग्रेस कार्यकर्तालाई जिम्मेवार भएर उद्धार र राहतमा सक्रिय हुन आग्रह गरेका छन् । फेसबुकमार्फत उनले सरकारका सूचनाहरू व्यापक रूपमा फैलाउन, आफ्नो सुरक्षामा ध्यान दिँदै सम्भावित जोखिममा सहयोगका लागि तयार रहन अपिल गरेका छन् । थापाले

भारी वर्षाको जोखिम: सबै जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा उपस्थित हुन निर्देशन

काठमाडौँ । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालयअन्तर्गतका जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न आदेश दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी र स्थानीय

मधेस र वागमतीका धेरै जिल्ला अति उच्च जोखिममा, बारा–पर्सा–रौतहटमा २०० मि.मि.भन्दा बढी वर्षा

काठमाडौँ । अविरल वर्षासँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी अति उच्च जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यी जिल्लामा २ सय मिलिमिटरसम्म वर्षा भइसकेको छ । त्यस्तै वागमती प्रदेशका मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र काभ्रेपलाञ्चोक पनि उच्च जोखिममा छन् ।

अविरल वर्षाका कारण बुद्ध एयरका सबै उडान रद्द

काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । मौसम प्रतिकूल भएकाले उडान सम्भव नभएको जनाउँदै कम्पनीले यात्रुहरूलाई टिकट रिसेड्युल वा रिफण्डका लागि आफ्ना ट्राभल एजेन्सी वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

वागमती र मनोहरा नदीमा बाढीको जोखिम, शतर्कता तह पार

काठमाडौँ। वागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ । ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको शतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै मनोहरा खोलाको बालकुमारी केन्द्रमा शतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ। नख्खु खोलामा पनि

सम्वन्धित समाचारहरु