Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भारी वर्षापछि अवरुद्ध सडक कहाँ–कहाँको खुल्यो ? प्रशासनले सार्वजनिक गर्‍यो विवरण


काठमाडौँमा मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो

काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौँ हुँदै पृथ्वी राजमार्गतर्फ जाने सवारी साधनहरूको आवागमन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यातायात सुचारुका लागि विशेष सूचना जारी गरेको छ।

कार्यालयले आइतबार प्रकाशित सूचनामा काठमाडौँबाट दक्षिणतर्फ अर्थात् हेटौँडातर्फ जाने सवारी साधनहरूका लागि मार्ग परिवर्तन तथा अस्थायी सुचारु कार्य भइरहेको जानकारी दिएको छ। लगातारको वर्षाले दक्षिणतर्फको सडकका विभिन्न भागमा क्षति पुर्‍याएको र ‘महादेवपुर सडक सुधार’ कार्य तीव्र गतिमा भइरहेको प्रशासनले जनाएको छ।

यसैबीच, महादेवपुर र नुवाकोटतर्फ जाने सवारीहरूलाई एकीकृत रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको पनि सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, सम्बन्धित यातायात सञ्चालकहरू, यातायात समिति, ट्राफिक प्रहरी र सुरक्षाकर्मीबीच समन्वय गरी सवारी सञ्चालन सहज बनाउन पहल भइरहेको छ।

प्रशासनले यात्रुहरूलाई आवागमनका क्रममा ट्राफिक निर्देशन, इशारा, संकेत र सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?