Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

भारी वर्षापछि अवरुद्ध सडक कहाँ–कहाँको खुल्यो ? प्रशासनले सार्वजनिक गर्‍यो विवरण


काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौँ हुँदै पृथ्वी राजमार्गतर्फ जाने सवारी साधनहरूको आवागमन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यातायात सुचारुका लागि विशेष सूचना जारी गरेको छ।

कार्यालयले आइतबार प्रकाशित सूचनामा काठमाडौँबाट दक्षिणतर्फ अर्थात् हेटौँडातर्फ जाने सवारी साधनहरूका लागि मार्ग परिवर्तन तथा अस्थायी सुचारु कार्य भइरहेको जानकारी दिएको छ। लगातारको वर्षाले दक्षिणतर्फको सडकका विभिन्न भागमा क्षति पुर्‍याएको र ‘महादेवपुर सडक सुधार’ कार्य तीव्र गतिमा भइरहेको प्रशासनले जनाएको छ।

यसैबीच, महादेवपुर र नुवाकोटतर्फ जाने सवारीहरूलाई एकीकृत रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको पनि सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, सम्बन्धित यातायात सञ्चालकहरू, यातायात समिति, ट्राफिक प्रहरी र सुरक्षाकर्मीबीच समन्वय गरी सवारी सञ्चालन सहज बनाउन पहल भइरहेको छ।

प्रशासनले यात्रुहरूलाई आवागमनका क्रममा ट्राफिक निर्देशन, इशारा, संकेत र सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?