Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मधेस र वागमतीका धेरै जिल्ला अति उच्च जोखिममा, बारा–पर्सा–रौतहटमा २०० मि.मि.भन्दा बढी वर्षा


काठमाडौँ । अविरल वर्षासँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी अति उच्च जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यी जिल्लामा २ सय मिलिमिटरसम्म वर्षा भइसकेको छ ।

त्यस्तै वागमती प्रदेशका मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र काभ्रेपलाञ्चोक पनि उच्च जोखिममा छन् । बाराको सिमरा, निजगढ, परवानीपुर र पर्साको वीरगञ्ज क्षेत्रमा खतराको तह पार भएको छ भने तराईका धेरै स्थानमा डुबान सुरु भएको छ ।

वागमती नदी, मनोहरा र कमला नदीहरूमा बहाव तीव्र भएको र उपत्यकाका केही भागमा पनि शतर्कता तह पार भएको विभागले जनाएको छ । सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?