Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मधेस र वागमतीका धेरै जिल्ला अति उच्च जोखिममा, बारा–पर्सा–रौतहटमा २०० मि.मि.भन्दा बढी वर्षा


काठमाडौँ । अविरल वर्षासँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी अति उच्च जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यी जिल्लामा २ सय मिलिमिटरसम्म वर्षा भइसकेको छ ।

त्यस्तै वागमती प्रदेशका मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र काभ्रेपलाञ्चोक पनि उच्च जोखिममा छन् । बाराको सिमरा, निजगढ, परवानीपुर र पर्साको वीरगञ्ज क्षेत्रमा खतराको तह पार भएको छ भने तराईका धेरै स्थानमा डुबान सुरु भएको छ ।

वागमती नदी, मनोहरा र कमला नदीहरूमा बहाव तीव्र भएको र उपत्यकाका केही भागमा पनि शतर्कता तह पार भएको विभागले जनाएको छ । सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?