Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पूर्वसूचनाको बुझाईमा एकरुपताका कारण विपद्सँग लड्न सफल भयौँः महानिर्देशक जोशी


काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचनाको बुझाईमा एकरुपता र समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गरेकाले विपद् प्रतिकार्यमा सफलता मिलेको बताएका छन्  ।

आईतवार पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरेको बताए  । मौसम पूर्वानुमान र पूर्वसूचनाको बुझाईमा एकरुपता, समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गर्दा सफलता हात परेको उनको भनाइ छ । समन्वयात्मक कार्यकै कारण विगतको तुलनामा जनधनको क्षति कम भएको बताए  । ७ अक्टोबरमै १८,१९ र २० गते अति भारी वर्षा हुने पूर्वानुमान गरेको र सोहीअनुसार सूचना जारी गरेर जानकारी दिने कामले सफलता हात परेको बताएका छन् ।

उनले भने, ‘यस वर्ष मनसुनको अन्त्यतिर आएर जल तथा मौसम विपद्को हामीले सामना गर्नुपरेको छ । यसलाई जल तथा मौसम विज्ञान विभागको तर्फबाट आजको दिनमा हाम्रो पूर्वानुमान र पूर्वसूचनाको बुझाईमा एकरुपता, समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट जुन किसिमले हामीले काम गर्नसक्यौँ, यसको कारणले पक्कै पनि विगतको तुलनामा यस्ता प्रकारका घटना भन्दा जनधनको क्षति कम भएको अनुमान छ । यद्यपि तथ्यांक आउन बाँकी छ । हामीले २७ अक्टोबरमै १८,१९ र २० गते यस्तो हुन्छ भनेर पूर्वानुमान र पूर्वसूचना विभागबाट जारी भइसकेको थियो । समयमै सूचना पु¥याउन सकेको कारणले गर्दा ठूलो क्षति भएन । यस वर्ष हामी यस वर्षको विपद्सँग लड्न सफल भयौँ ।’

उनले पूर्वानुमान एक पटक मिल्यो भन्दैमा हौसिनुपर्ने र मिलेन भन्दैमा निराश हुनुपर्ने कारण नरहेको पनि बताए  ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?