Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

पूर्वसूचनाको बुझाईमा एकरुपताका कारण विपद्सँग लड्न सफल भयौँः महानिर्देशक जोशी


काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचनाको बुझाईमा एकरुपता र समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गरेकाले विपद् प्रतिकार्यमा सफलता मिलेको बताएका छन्  ।

आईतवार पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरेको बताए  । मौसम पूर्वानुमान र पूर्वसूचनाको बुझाईमा एकरुपता, समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गर्दा सफलता हात परेको उनको भनाइ छ । समन्वयात्मक कार्यकै कारण विगतको तुलनामा जनधनको क्षति कम भएको बताए  । ७ अक्टोबरमै १८,१९ र २० गते अति भारी वर्षा हुने पूर्वानुमान गरेको र सोहीअनुसार सूचना जारी गरेर जानकारी दिने कामले सफलता हात परेको बताएका छन् ।

उनले भने, ‘यस वर्ष मनसुनको अन्त्यतिर आएर जल तथा मौसम विपद्को हामीले सामना गर्नुपरेको छ । यसलाई जल तथा मौसम विज्ञान विभागको तर्फबाट आजको दिनमा हाम्रो पूर्वानुमान र पूर्वसूचनाको बुझाईमा एकरुपता, समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट जुन किसिमले हामीले काम गर्नसक्यौँ, यसको कारणले पक्कै पनि विगतको तुलनामा यस्ता प्रकारका घटना भन्दा जनधनको क्षति कम भएको अनुमान छ । यद्यपि तथ्यांक आउन बाँकी छ । हामीले २७ अक्टोबरमै १८,१९ र २० गते यस्तो हुन्छ भनेर पूर्वानुमान र पूर्वसूचना विभागबाट जारी भइसकेको थियो । समयमै सूचना पु¥याउन सकेको कारणले गर्दा ठूलो क्षति भएन । यस वर्ष हामी यस वर्षको विपद्सँग लड्न सफल भयौँ ।’

उनले पूर्वानुमान एक पटक मिल्यो भन्दैमा हौसिनुपर्ने र मिलेन भन्दैमा निराश हुनुपर्ने कारण नरहेको पनि बताए  ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?