Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरु परिचालन


काठमाडौँ। शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ ।

शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताउनु भयो । उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो । हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिएपनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताएका छन् । इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिएका छन् । उदयपुरको गिरेबी खोलामा केही मानिसहरु डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेको बताएका छन् ।

उनले भने, ‘अरु बेलामा भन्दा कम घटना भएपनि घटनाहरु भएका छन् । उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना हुँदा, जबरजस्ती खोलामा हाल्दै गर्दा २१ जनाको उद्धार गर्न सकिए पनि त्यसबाट बगेर एक जनाको निधन भएको छ । इलाममा १८ जनाको निधन भएको खबर छ । ७ जना घाइते हुनुहुन्छ । इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको छ । चट्याङका कारणले पनि केहीको मृत्यु भएको छ । उदयपुरको गिरेबी खोलामा केही मानिसहरु फसिरहेका छन् । डुबानमा फसेकाले उहाँहरुलाई उद्धार गर्न सुरक्षा टोली परिचालन गरिएको छ । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेका छौँ ।’

उनकाअनुसार मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ । पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको बताए । पाँच वटा ठूला नदीहरुमा नै बाढीको जोखिम रहेको बताएका छन् । यातायातको बन्दको निर्णयलाई पूर्ववत नै राखिएको जानकारी दिएका छन् । विपद्को जोखिम अझै कायमै रहेको भन्दै शतर्कता अपनाउन आग्रह गरेका छन्। पहिरो र बाढीको जोखिम अझै बाँकी रहेकाले लामो दूरीको यात्रा नगर्न आग्रह गरेका छन्। वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत क्षेत्रको अवरुद्धता हटाउनु नै पहिलो प्राथमिकतामा रहने बताएका छन् ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?