Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने


काठमाडौँ। शुक्रवार रातिदेखि सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ ।

शुक्रवार र शनिवार रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीकाअनुसार महेशपुरमा करिव ३० घण्टामा ३५४.६ मिलिमिटर वर्षा भएको छ । महेशपुरमा १९ घण्टा लगातार वर्षा भएको थियो । रौतहटको गौरमा ३ सय ३७ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । उहाँकाअनुसार बाराको कलैयामा ३ सय ३५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । इलामको हिमाल गाउँमा पछिल्लो २४ घण्टामा ३ सय ३४ मिलिमिटर वर्षा भएको छ । यसबाहेक २ सय ५० देखि ३ सय मिलिमिटरको आसपासम्म करिव ४९ वटा केन्द्रमा अति भारी वर्षा भएको छ । यि केन्द्रहरु वागमती, मधेस र कोशी प्रदेशका हुन् । भारी वर्षा करिव ७५ वटा अन्य केन्द्रहरुमा भएको छ । यि केन्द्रहरुमा २ सय ५० भन्दा कम र १ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । कोशी, वागमती र मधेस प्रदेशको पूर्णतया क्षेत्रमा एवं लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा र गण्डकी प्रदेशको मध्य र पूर्वी क्षेत्रमा अति भारी वर्षा भएको छ ।

यस्तो छ पछिल्लो अवस्था
वरिष्ठ जलवायु विज्ञ पराजुलीकाअनुसार पछिल्लो अवस्थामा हाल वर्षा मध्य क्षेत्रबाट हटिसकेको छ । पूर्वी क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । अबको केही घण्टामा पूर्वी क्षेत्रबाट पनि वर्षा हट्ने बताए । हल्कादेखि मध्यम वर्षा कोशी प्रदेशको पहाडी, चुरे क्षेत्रमा र सुदूरपूर्व क्षेत्रमा वर्षा जारी रहने बताए । अहिले ६ वटा नदीहरु खतरा तह भन्दा माथि छन् । सप्तकोशी नदी चतराले खतराको तह पार गरेको छ । कोशी, गण्डकी र कर्णालीमध्ये कोशी नदीले मात्रै यस वर्ष खतराको तह पार गरेको बताए  । नारायणी र कर्णालीले हालसम्म खतराको तह पार गरेका छैनन् । मौसम विज्ञान भिवागले चतरालाई अति उच्च जोखिममा राखेको छ भने उदयपुर, सप्तरी र सुनसरीको लागि चेतावनी जारी गरिएको बताए  । सप्तकोशीमा खतराको तह भन्दा माथिको वहाव बेलुकासम्म नै रहने बताए । कन्काई नदीमा शतर्कता तह भन्दा माथि पानीको बहाव रहेको बताए । सुनकोशीमा पनि खतराको तह भन्दा माथि वहाव छ भने अरुण र तमोर नदीमा पनि खतराको तह भन्दा माथिको बहाव छ ।

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने
वरिष्ठ जलवायु विज्ञ पराजुलीले देशको मध्य क्षेत्रबाट मनसुन निष्क्रिय भइसकेको कारणले तीन दिनको यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने बताएका छन् । पहिरो, बाढीको अवस्थालाई मध्यनजर गरेर पुनःमूल्यांकन गर्न सकिने बताए । कोशी पारीका जिल्लामा भने जोखिम कायमै रहेको बताए ।

विस्तारै मनसुनी प्रणाली निष्क्रियतातर्फ उन्मुख भइरहेको बताएका छन्।  उनकाअनुसार महेशपुरमा एक घण्टामा ९७.२ मिलिमिटर वर्षा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा हनुमन्ते, मनोहरा, वागमती, विष्णुमतीको तल्लो क्षेत्रमा डुबान रहेको भएपनि अहिले खतरा घटेको बताए  ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?