Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने


काठमाडौँ। शुक्रवार रातिदेखि सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ ।

शुक्रवार र शनिवार रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीकाअनुसार महेशपुरमा करिव ३० घण्टामा ३५४.६ मिलिमिटर वर्षा भएको छ । महेशपुरमा १९ घण्टा लगातार वर्षा भएको थियो । रौतहटको गौरमा ३ सय ३७ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । उहाँकाअनुसार बाराको कलैयामा ३ सय ३५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । इलामको हिमाल गाउँमा पछिल्लो २४ घण्टामा ३ सय ३४ मिलिमिटर वर्षा भएको छ । यसबाहेक २ सय ५० देखि ३ सय मिलिमिटरको आसपासम्म करिव ४९ वटा केन्द्रमा अति भारी वर्षा भएको छ । यि केन्द्रहरु वागमती, मधेस र कोशी प्रदेशका हुन् । भारी वर्षा करिव ७५ वटा अन्य केन्द्रहरुमा भएको छ । यि केन्द्रहरुमा २ सय ५० भन्दा कम र १ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । कोशी, वागमती र मधेस प्रदेशको पूर्णतया क्षेत्रमा एवं लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा र गण्डकी प्रदेशको मध्य र पूर्वी क्षेत्रमा अति भारी वर्षा भएको छ ।

यस्तो छ पछिल्लो अवस्था
वरिष्ठ जलवायु विज्ञ पराजुलीकाअनुसार पछिल्लो अवस्थामा हाल वर्षा मध्य क्षेत्रबाट हटिसकेको छ । पूर्वी क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । अबको केही घण्टामा पूर्वी क्षेत्रबाट पनि वर्षा हट्ने बताए । हल्कादेखि मध्यम वर्षा कोशी प्रदेशको पहाडी, चुरे क्षेत्रमा र सुदूरपूर्व क्षेत्रमा वर्षा जारी रहने बताए । अहिले ६ वटा नदीहरु खतरा तह भन्दा माथि छन् । सप्तकोशी नदी चतराले खतराको तह पार गरेको छ । कोशी, गण्डकी र कर्णालीमध्ये कोशी नदीले मात्रै यस वर्ष खतराको तह पार गरेको बताए  । नारायणी र कर्णालीले हालसम्म खतराको तह पार गरेका छैनन् । मौसम विज्ञान भिवागले चतरालाई अति उच्च जोखिममा राखेको छ भने उदयपुर, सप्तरी र सुनसरीको लागि चेतावनी जारी गरिएको बताए  । सप्तकोशीमा खतराको तह भन्दा माथिको वहाव बेलुकासम्म नै रहने बताए । कन्काई नदीमा शतर्कता तह भन्दा माथि पानीको बहाव रहेको बताए । सुनकोशीमा पनि खतराको तह भन्दा माथि वहाव छ भने अरुण र तमोर नदीमा पनि खतराको तह भन्दा माथिको बहाव छ ।

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने
वरिष्ठ जलवायु विज्ञ पराजुलीले देशको मध्य क्षेत्रबाट मनसुन निष्क्रिय भइसकेको कारणले तीन दिनको यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने बताएका छन् । पहिरो, बाढीको अवस्थालाई मध्यनजर गरेर पुनःमूल्यांकन गर्न सकिने बताए । कोशी पारीका जिल्लामा भने जोखिम कायमै रहेको बताए ।

विस्तारै मनसुनी प्रणाली निष्क्रियतातर्फ उन्मुख भइरहेको बताएका छन्।  उनकाअनुसार महेशपुरमा एक घण्टामा ९७.२ मिलिमिटर वर्षा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा हनुमन्ते, मनोहरा, वागमती, विष्णुमतीको तल्लो क्षेत्रमा डुबान रहेको भएपनि अहिले खतरा घटेको बताए  ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?