Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वागमती र मनोहरा नदीमा बाढीको जोखिम, शतर्कता तह पार


काठमाडौँ। वागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ ।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको शतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै मनोहरा खोलाको बालकुमारी केन्द्रमा शतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ। नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ ।

मौसमविद्हरूकाअनुसार, आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना छ । जसले गत वर्षको जस्तै बाढीको जोखिम निम्त्याउन सक्छ । हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ ।
स्थानीय बासिन्दालाई शतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?