काठमाडौँ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रीपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरुीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले वर्तमान केन्द्रिय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रश्ताव केन्द्रिय समितिमा लैजाने भएको छ । आईतवार पार्टी केन्द्रिय कार्याmयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहालकै संयोजकत्वमा आयोजक समिति बनाउने प्रश्ताव पदाधिकारी बैठले गरेको उनले जानकारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा फेरबदल भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई स्थानान्तरण गर्दै उनका स्थानमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । सरकारको यो कदमसँगै विद्युत् प्राधिकरणमा नयाँ नेतृत्वले कामको गति र प्राथमिकतामा कस्तो परिवर्तन ल्याउँछ भन्नेबारे चासो बढेको छ।
काठमाडौँ। नेपालका चेस खेलाडीले अनियमिता, अपारदर्शी र गैरजिम्मेवारीपूर्वक काम गरेको भन्दै नेपाल बुद्धिचाल महासंघको वर्तमान कार्यसमिति विटघनको माग राखेका छन् । खेलाडीहरूले आईतवार थापाथली पार्क चेस क्लवमा पत्रकार सम्मेलनमा गर्दै आर्थिक अपारदर्शी, अनियमितता र अन्तर्राष्ट्रिय सहभागीतामा मनपरी ढंगले देशको प्रतिनिधित्व गराएको भन्दै महासंघको वर्तमान कार्यसमिति विघटन गर्न माग गरेको हो
काठमाडौँ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताएका छन् । आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पालमै भएपनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको बताएका छन् । उनले राष्ट्र नै सबै
काठमाडौँ। नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन् । पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंशा समेत गरेका छन् । प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको
जनकपुरधाम। विजयादशमी पर्वको अवसरमा जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जनकपुरधामको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दशैँमा पूजाअर्चना गर्ने गर्न तयारी अन्तिम
काठमाडौँ। महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेन—जी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छिन् । आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जेन—जीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी छिन् । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उनको भनाई छ । जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित भइरहेको बताएका छन्। आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको परिवर्तन गर्ने गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने राजनीतिक दलहरुलाई अहिले जनताले मन पराउन छोडेको बताए । यसको कारण नेताहरुको
काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् । आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद विघटन गर्न नहुने बताउदै परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने बताए ।