Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

केन्द्रिय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने माओवादीको प्रश्ताव


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले वर्तमान केन्द्रिय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रश्ताव केन्द्रिय समितिमा लैजाने भएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्याmयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहालकै संयोजकत्वमा आयोजक समिति बनाउने प्रश्ताव पदाधिकारी बैठले गरेको उनले जानकारी दिएका छन् । उनकाअुनसार उक्त प्रश्तावमाथि ९ असोजमा बस्ने केन्द्रिय समिति बैठकमा छपलफल हुनेछ । बैठकले मध्यावधि निर्वाचन घोषित मितिमै हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले आवश्यक भुमिका खेल्ने निर्णय गरेको पनि बताएका छन् । उनकाअुनसार बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय र अन्तरराष्ट्रि परिस्थितिबारे ब्रिफिङ गरेका थिए ।

उनले भने, ‘आजको बैठकमा अध्यक्ष कम्रेडले सविस्तार ब्रिफिङ गर्नुभयो । राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति र त्यसको संश्लेषणपछि सबै पदाधिकारीहरुले आआफ्नो धारणा राख्नुभयो । सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचन समयमा गर्नुपर्छ । त्यसका लागि पार्टीले खेल्नुपर्ने सबै प्रकारको भूमिका खेलिन्छ । निर्वाचन घोािषत मितिमै गर्नुपर्छ भन्ने छ । मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कम्रेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रश्ताव केन्द्रीय समितिमा लैजाने निर्णय पनि भएको छ । नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो । अगामी योजनको बारेमा पनि बृहत छलफल भएको छ । त्यसको विस्तृत प्रश्ताव केन्द्रीय समितिमा लैजाने निर्णय पनि भएको छ । देशभक्त, लोकतान्त्रिक र परिवर्तनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय पनि भएको छ ।’

बैठकले लोकतान्त्रीक र परिवर्तनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकतावद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?