Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

भदौ २३ र २४ गतेको घटना अनुसन्धान गर्ने आयोगको अध्यक्षमा गौरीबहादुर कार्की


काठमाडौँ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रीपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरुीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको बताएका छन् । आयोगको कार्यावधि तीन महिना रहेको बताएका छन् । उनले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गरेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको बताएका छन् । रिक्त प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको र दुवैको कार्यावधि ४ वर्षको रहने बताएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?