Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विजयादशमी पर्वको अवसरमा जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा


जनकपुरधाम। विजयादशमी पर्वको अवसरमा जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ ।

जनकपुरधामको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दशैँमा पूजाअर्चना गर्ने गर्न तयारी अन्तिम चरणमा रहेको छ । राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा पूजास्थलहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गरिएको छ । सजावटको कार्य अन्तिम चरणमा रहेको र पूजाकालागि समेत तयारी पूरा गरिसकिएको महावीर युवा कमिटीका पूर्वअध्यक्ष दीपक साहले जानकारी दिएका छन् ।

राम युवा कमिटीले समेत बौधीमाई मन्दिर र अमरखाना मन्दिरमा सजावट कार्य अन्तिम चरणमा पु¥याएको छ ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?