Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राष्ट्रपतिले आँट गरेर संविधान जोगाएका हुन्ः सिपी मैनाली


काठमाडौँ। नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन् ।

पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंशा समेत गरेका छन् । प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरुले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताएका छन् । उनले जेन—जी पुस्ताले आफूहरुको माग पूरा गराउनका लागि दबाब दिएपनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने जिकीर गरेका छन् । महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि वाह्य शक्तिहरुले चलखेल गरिरहेको पनि बताए ।

उनले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भित्रै पारेर काम गरेका छन् । यसलाई नराम्रो नठान्नुहोस् । उनले राष्ट्रपतिमा रहेको निहीत अधिकारलाई प्रयोग गर्दै संविधानलाई रक्षा गर्ने अन्तर्निहित अधिकार र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने अधिकारलाई प्रयोग गरेर संसद बाहिरको भएपनि प्रधानमन्त्री नियुक्त गरेका छन् । संविधान अहिलेको नै तोडेको भए झन धेरै समस्या हुन्थ्यो । त्यसो भएर यही गुरुङ प्रधानमन्त्री भएको भए के हुन्थ्यो ? गुरुङलाई सबैले चिनिसकेका छन । यस्तो अवस्था आएको हुनाले रामचन्द्र पौडेलले आँट गरेर भएपनि संविधानलाई जोगाए । म धन्यवाद दिन्छु । संविधानमा धेरै कुरा राम्रा नभएपनि त्यो भत्किहाल्नु राम्रो थिएन । र सुशीला दिदीलाई प्रधानमन्त्री बनाए । अव कस्ता कस्ता मन्त्री ल्याउने हुन ? एउटा कुरा छ । अहिलेनै जेन्जीको माग सबै पूरा गराउने हो भने पनि चुनाव हुँदैन । अहिले संसदमा रहेका दलहरुले भने अनुसार संसद पुनस्र्थापनाको आन्दोलन गरे भने पनि चुनाव हुँदैन ।’

महासचिव मैनालीले मुख्य राजनीतिक दलहरुले गलत काम गरेका कारण मुलुकमा विपत्ति आईपरेको दोहोर्याएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?