Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राष्ट्रपतिले आँट गरेर संविधान जोगाएका हुन्ः सिपी मैनाली


काठमाडौँ। नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन् ।

पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंशा समेत गरेका छन् । प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरुले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताएका छन् । उनले जेन—जी पुस्ताले आफूहरुको माग पूरा गराउनका लागि दबाब दिएपनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने जिकीर गरेका छन् । महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि वाह्य शक्तिहरुले चलखेल गरिरहेको पनि बताए ।

उनले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भित्रै पारेर काम गरेका छन् । यसलाई नराम्रो नठान्नुहोस् । उनले राष्ट्रपतिमा रहेको निहीत अधिकारलाई प्रयोग गर्दै संविधानलाई रक्षा गर्ने अन्तर्निहित अधिकार र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने अधिकारलाई प्रयोग गरेर संसद बाहिरको भएपनि प्रधानमन्त्री नियुक्त गरेका छन् । संविधान अहिलेको नै तोडेको भए झन धेरै समस्या हुन्थ्यो । त्यसो भएर यही गुरुङ प्रधानमन्त्री भएको भए के हुन्थ्यो ? गुरुङलाई सबैले चिनिसकेका छन । यस्तो अवस्था आएको हुनाले रामचन्द्र पौडेलले आँट गरेर भएपनि संविधानलाई जोगाए । म धन्यवाद दिन्छु । संविधानमा धेरै कुरा राम्रा नभएपनि त्यो भत्किहाल्नु राम्रो थिएन । र सुशीला दिदीलाई प्रधानमन्त्री बनाए । अव कस्ता कस्ता मन्त्री ल्याउने हुन ? एउटा कुरा छ । अहिलेनै जेन्जीको माग सबै पूरा गराउने हो भने पनि चुनाव हुँदैन । अहिले संसदमा रहेका दलहरुले भने अनुसार संसद पुनस्र्थापनाको आन्दोलन गरे भने पनि चुनाव हुँदैन ।’

महासचिव मैनालीले मुख्य राजनीतिक दलहरुले गलत काम गरेका कारण मुलुकमा विपत्ति आईपरेको दोहोर्याएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?