काठमाडौँ। निर्वाचन आयोगले कानुनी दायित्व पूरा नगरेको भन्दै ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। लगातार लेखा परीक्षण प्रतिवेदन पेश नगरेको र लगाइएको जरिवाना समेत नबुझाएपछि मंगलबार आयोगले दल खारेज गर्ने निर्णय गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दर्ता खारेज भएका दलहरूमा आमआदमी पार्टी–नेपाल, नेपाल कम्युनिस्ट पार्टी–लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी–गौरवशाली र माओवादी जनमुक्ति पार्टी, नेपाल रहेका छन्।
प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार