Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

पालबाटै भएपनि न्यायको दीप मर्न दिँदैनौँः मुख्य रजिस्ट्रार पौडेल


काठमाडौँ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताएका छन् ।

आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पालमै भएपनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको बताएका छन् । उनले राष्ट्र नै सबै जलेको अवस्थामा रहेको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेर नष्ट भएको बताएका छन् । देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेको बताए । उनले २५ हजार मिसिलमा ३ हजार मात्रै सकुशल रहेको बताएका छन्।

उनले भने, ‘क्षतिका कुरा कति गरौँ । राष्ट्र नै सबै जलेको थियो । नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेका अवस्थामा थिए । त्यो चुनौति अवसरमा बदलेर अघि बढ्नुपर्नेछ । न्यायको दीप निभेको छैन । २९ गतेबाट हामीले नियमित सेवाहरु शुरु गरेका छौँ । देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेका छौँ । २५ करिव मिसिल थिए । हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ । बाँकी रहेको २२ हजार मिसिलको प्राप्तिमा बार एशोसिएशन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ ।’

मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत रुपमा सञ्चालन गर्ने तयारीमा सर्वौच्च अदालत रहेको बताएका छन् । न्याय सम्पादनमा मनोबल महत्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताए । उनले सर्वोच्च अदादतमा इजलासहरु पालमुनि चलाएको भन्दै यो भन्दा विडम्वनापूर्ण स्थिति केही नहुने बताएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?