Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पालबाटै भएपनि न्यायको दीप मर्न दिँदैनौँः मुख्य रजिस्ट्रार पौडेल


काठमाडौँ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताएका छन् ।

आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पालमै भएपनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको बताएका छन् । उनले राष्ट्र नै सबै जलेको अवस्थामा रहेको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेर नष्ट भएको बताएका छन् । देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेको बताए । उनले २५ हजार मिसिलमा ३ हजार मात्रै सकुशल रहेको बताएका छन्।

उनले भने, ‘क्षतिका कुरा कति गरौँ । राष्ट्र नै सबै जलेको थियो । नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरु जलेका अवस्थामा थिए । त्यो चुनौति अवसरमा बदलेर अघि बढ्नुपर्नेछ । न्यायको दीप निभेको छैन । २९ गतेबाट हामीले नियमित सेवाहरु शुरु गरेका छौँ । देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेका छौँ । २५ करिव मिसिल थिए । हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ । बाँकी रहेको २२ हजार मिसिलको प्राप्तिमा बार एशोसिएशन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ ।’

मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत रुपमा सञ्चालन गर्ने तयारीमा सर्वौच्च अदालत रहेको बताएका छन् । न्याय सम्पादनमा मनोबल महत्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताए । उनले सर्वोच्च अदादतमा इजलासहरु पालमुनि चलाएको भन्दै यो भन्दा विडम्वनापूर्ण स्थिति केही नहुने बताएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?