१७ असार, जनकपुर । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र अन्य मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको
१७ असार, एजेन्सी । कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको बताएका हुन् । उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भने, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन तर देशमा फेसबुकको
१७ असार, एजेन्सी । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन्
१७ असार, ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् । बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय सङ्कट उत्पन्न हुन लागेको
१७ असार, चितवन । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ। स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो। व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गर्दै सार्वजनिक स्थानमा निर्माण गरिने भौतिक विकासले नगर क्षेत्रमा चहलपहल बढ्ने बताएका छन्। वडा नं
१७ असार, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । दलित परिवारको अर्थावस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बीमाको लागि
१७ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो । तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका
१७ असार, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ ।
काठमाडौ : संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको आठौं अधिवेशनमा सत्याल अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै समाजको उपाध्यक्षमा सृजना घिमिरे र किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा गुन्जन राज गिरी र सबिता शर्मा, कोषाध्यक्षमा अमुल थापा,
१७ असार ,पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले असार पहिलो साता आएको बाढीले बगाएका दुई सडक पुलको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले अत्यावश्यक रहेका सडक पुल निर्माणलाई चाँडै अघि बढाइने बताए । बाढीका कारण क्षतिग्रस्त संरचनाको निरीक्षणका लागि पाँचथरका सांसद वसन्तकुमार नेम्बाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित मन्त्रालयको