Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

मन्त्री ज्वालाद्वारा सडक पुलको निरीक्षण


१७ असार ,पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले असार पहिलो साता आएको बाढीले बगाएका दुई सडक पुलको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि उनले अत्यावश्यक रहेका सडक पुल निर्माणलाई चाँडै अघि बढाइने बताए । बाढीका कारण क्षतिग्रस्त संरचनाको निरीक्षणका लागि पाँचथरका सांसद वसन्तकुमार नेम्बाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित मन्त्रालयको टोलीसहित आभएका मन्त्री ज्वालाले शनिबार मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलाको सडक पुलको निरीक्षण गरे ।

यस क्रममा उनले निर्माणाधीन बेलीब्रिज, डाइभर्सन र फड्केको निरीक्षण गर्नुभयो । यस्तै हिजो नै याङवरक गाउँपालिका–२ मेवाखोलास्थित दोभाने सडक पुलको निरीक्षण गरे ।

निरीक्षणपछि मन्त्री ज्वालाले मेची राजमार्गमा सवारी आवागमन सञ्चालन गर्न असार ३ गते नै बेलीब्रिज निर्माणको निर्णय भई काम थालिएको बताए । स्थलगत निरीक्षणपछि उहाँले काम द्रूतगतिमा भइरहेको पाइएको र यसमा झनै रफ्तार बढाउनुपर्ने अवस्था आएको बताए । “हेवाखोलापारिको जनजीवन अत्यन्तै कष्टकर बनेको पाइएको छ । आधारभूत आवश्यकताका वस्तुको अभाव भएको पाइएको छ”, मन्त्री ज्वालाले भने, “यो काम तुरुन्तै सम्पन्न गर्न र सबै स्रोतसाधनको प्रयोग गर्न म सबै निकायलाई निर्देशन दिन चाहन्छु ।”

बाढीले समस्या गर्दा डाइभर्सन सञ्चालन गर्न नसकिएको र आफूहरूको मुख्य ध्यान बेलीब्रिज चाँडो सम्पन्न गर्नमै रहेको उनले बताए । सांसद नेम्वाङले मन्त्री ज्वालालाई जिल्लामा पाइएकामा खुसी व्यक्त गरे । उनले राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा तदारुकता दिन आफूले सदन र भेटघाटमार्फत सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली नै आएपछि क्षतिग्रस्त संरचनाको पुनःनिर्माण चाँडै अघि बढ्ने विश्वास लिएको उनको भनाइ छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?