Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मन्त्री ज्वालाद्वारा सडक पुलको निरीक्षण


१७ असार ,पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले असार पहिलो साता आएको बाढीले बगाएका दुई सडक पुलको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि उनले अत्यावश्यक रहेका सडक पुल निर्माणलाई चाँडै अघि बढाइने बताए । बाढीका कारण क्षतिग्रस्त संरचनाको निरीक्षणका लागि पाँचथरका सांसद वसन्तकुमार नेम्बाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित मन्त्रालयको टोलीसहित आभएका मन्त्री ज्वालाले शनिबार मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलाको सडक पुलको निरीक्षण गरे ।

यस क्रममा उनले निर्माणाधीन बेलीब्रिज, डाइभर्सन र फड्केको निरीक्षण गर्नुभयो । यस्तै हिजो नै याङवरक गाउँपालिका–२ मेवाखोलास्थित दोभाने सडक पुलको निरीक्षण गरे ।

निरीक्षणपछि मन्त्री ज्वालाले मेची राजमार्गमा सवारी आवागमन सञ्चालन गर्न असार ३ गते नै बेलीब्रिज निर्माणको निर्णय भई काम थालिएको बताए । स्थलगत निरीक्षणपछि उहाँले काम द्रूतगतिमा भइरहेको पाइएको र यसमा झनै रफ्तार बढाउनुपर्ने अवस्था आएको बताए । “हेवाखोलापारिको जनजीवन अत्यन्तै कष्टकर बनेको पाइएको छ । आधारभूत आवश्यकताका वस्तुको अभाव भएको पाइएको छ”, मन्त्री ज्वालाले भने, “यो काम तुरुन्तै सम्पन्न गर्न र सबै स्रोतसाधनको प्रयोग गर्न म सबै निकायलाई निर्देशन दिन चाहन्छु ।”

बाढीले समस्या गर्दा डाइभर्सन सञ्चालन गर्न नसकिएको र आफूहरूको मुख्य ध्यान बेलीब्रिज चाँडो सम्पन्न गर्नमै रहेको उनले बताए । सांसद नेम्वाङले मन्त्री ज्वालालाई जिल्लामा पाइएकामा खुसी व्यक्त गरे । उनले राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा तदारुकता दिन आफूले सदन र भेटघाटमार्फत सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली नै आएपछि क्षतिग्रस्त संरचनाको पुनःनिर्माण चाँडै अघि बढ्ने विश्वास लिएको उनको भनाइ छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?