Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए


निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवद्र्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उहाँले बताउनु भयो । हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ । उहाँकाअनुसार वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले व्लक गर्न सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उहाँले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरेको उहाँको भनाई छ । जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन अवधिभर आचारसंहिता विपरित गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्यहरुलाई नियमित गर्नको लागि आयोगमा स्थापना गरेको सूचना सदाचार प्रवद्र्धन एकाईमा हालसम्म प्राप्त भएका हानिकारण सूचनाहरु ६१२ वटा छन् । यी सूचनाहरुलाई नियमित गर्न, व्यवस्थापन गर्न र तिनीहरुलाई हटाउनको लागि आयोगले विभिन्न निकायहरुमा पत्रचार गर्दै आएको छ । ती निकायबाट त्यस्ता सूचनाहरु हटेका पनि छन् । नेपाल प्रहरीको साईबर व्युरोमा ३३६ वटा यस्ता सूचना हटाउन आयोगले लेखेर पठाएको थियो, तीमध्ये १२९ वटा सुचनाहरु साईवर व्यरोबाट हटिसकेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण जसले वेबसाईटहरुलाई रेगुलेट गर्ने काम गर्छ । उहाँहरुलाई पनि कतिपय वेवसाईटहरुले निर्वाचन आचारसंहिता विपरित निर्वाचन नतिजा नै पहिल्यै सार्वजानिक गर्ने, अनुमानित, भ्रामिक सूचना राखेको पाइएको हुँदाखेरी १२ वटा त्यस्ता वेबसाइटहरुलाई ब्लक गर्नेगरी आयोगले अनुरोध गरेको थियो, उहाँहरुले ती साइटहरु पनि ब्लक गरिसक्नुभएको छ । प्रेस काउन्सिलमा पनि ७४ वटा यस्ता हानिकारण सूचनाहरु हामीले पठाएका थियौ, उहाँहरुले ७४ वटा मध्ये ३२ वटा यस्ता सूचनाहरुलाई हटाइसक्नुभएको छ । यसरी निर्वाचन आयोगभित्रै भएको निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले ९० जना विभिन्न व्यक्तिहरुलाई स्पष्टिकरण सोधेको छ, आचारसंहिता विपरितको कार्य गरेको भनेर । उहाँहरुले पनि आयोगले तोकेकै समयमा स्पष्टिकरणहरु पेश गरिरहनुभएको छ । यो प्रक्रिया निर्वाचन आचारसंहिता विपरितका कार्यहरुलाई नियमित गर्ने र त्यस्ता सूचनालाई हटाउने गरी आयोगले गरेको आचारसंहितामा भएको व्यवस्था बमोजिमको कार्य हो । यो कार्यलाई निर्वाचन अवधीभर यसरी नै अगाडी बढाउँछौँ ।’ उहाँले निर्वाचन आचारसंहिता पालना गर्नको लागि आयोगले कडाई गरिरहेको पनि जानकारी दिनुभयो । निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जन नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नर्गन, शिक्षक तथा कर्मचारीहरुलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन तथा स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेद्वारहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगले बैंक खातामार्फत मात्र खर्च गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो । आयोगले तोकेको व्यवस्था उल्लंघन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुने उहाँको भनाई छ । उहाँकाअनुसार हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन् । खाता सञ्चालन गर्ने राजनीतिक दलहरुमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ठूला राजनितिक दलहरुले समेत हालसम्म बैंक खाता सञ्चालनमा ल्याएका छैनन् । आयोगले बैंक खाता खोलेर बैंकिङ कारोबारमार्फत मात्र निर्वाचन खर्च गर्न आग्रह गरेको छ । २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । सो प्रावधानअनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ताकै क्रममा आफ्नो अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था छ । आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च सञ्चालन गर्न बैंकमा छुट्टै खाता खोल्नुपर्ने, खाता सञ्चालनका लागि छुट्टै पदाधिकारी तोक्नुपर्ने तथा खातामा आएको सबै रकम र गरिएको खर्चको बिल–भरपाई सुरक्षित राख्नुपर्नेछ । निर्वाचनलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले यस्तो व्यवस्था गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि जारी गरेको निर्वाचन आचारसंहिताको दफा १६ बमोजिम निर्वाचनको खर्चसम्बन्धी आचरणको व्यवस्था छ । सो बमोजिम उम्मेद्वारहरुले आफ्नो अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत समेत खुलेको व्यहोरा उम्मेद्वारी दर्ता गर्दा नै पेश गर्नुपर्ने व्यवस्था थियो । सो बमोजिम आफ्नो खर्च सञ्चालन गर्नको लागि बैंकमा छुट्टै खाता खोल्नुपर्ने, खाता सञ्चालनको लागि छुट्टै पदाधिकारी तोकिनुपर्ने र खातामा आएका सबै रकमहरुको विल भरपाई र खर्च भएको रकमको पनि विल भरपाई राख्नुपर्ने व्यवस्था गरेर निर्वाचनलाई पारदर्शी र प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि आयोगले आचारसंहितामा व्यवस्थापन गरेको छ । यो सँगै बैक सञ्चालन गर्ने कार्यविधिको पनि आयोगले व्यवस्था गरेको छ । त्यो कार्यविधि बमोजिम निर्वाचन आचारसंहिता अधिकृत भनेर प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । उहाँलाई पनि विभिन्न काम गर्नको लागि आयोगले तोकेको छ । राजनीतिक दल, उम्मेद्वारहरुले गरेको खर्च र खर्चको स्रोत तथा सार्वजानिक सम्पतीको प्रयोग भए वा नभएको विषयमा जानकारी संकलन गर्ने र उम्मेद्वारहरुले पेश गरेको विवरणलाई पनि अनुगमन गर्नेगरी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । यसरी निर्वाचन खर्चलाई पारदर्शी रुपमा सञ्चालन गर्ने व्यवस्था आयोगले गरेको छ । बैंक खाता सञ्चालन गर्नको लागि निर्वाचन आचारसंहितामा भएको व्यवस्था बमोजिम ९ वटा राजनीतिक दलहरुले निर्वाचन खाता खोलिसक्नुभएको छ । १ हजार ३ सय ८९ उम्मेद्वारहरुले पनि बैक खाता खोलिसक्नुभएको छ । बैंक खाता खोलेर मात्रै बैङ्किङ कारोबारबाट मात्रै आफ्नो खर्च गर्न निर्वाचन आयोगले अनुरोध गरेको अवस्था छ । बैंक खाता खोलेर कारोबार नगर्ने राजनीतिक दल वा उम्मेद्वारहरुलाई कस्तो किसिमको कारबाही हुन्छ, भन्ने विषयमा निर्वाचन आचारसंहितामा लेखिएको कुरा नगर्दा जस्तो किसिमको कारबाही हुन्छ, सोहीअनुसार हुन्छ, यो कार्य निर्वाचन आचारसंहिता विपरित देखिएको हुँदा सोही बमोजिम कारबाही हुने कुरा हामी अनुरोध गर्न चाहन्छौँ । २५ हजार रुपैयाँ भन्दा बढी रकम प्राप्त गर्दाखेरी बैक खातामार्फत गर्नुपर्नेछ ।’

आयोगले बैंक खाता सञ्चालनसम्बन्धी कार्यविधि समेत लागू गरेको छ । कार्यविधिअनुसार प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । अनुगमन अधिकृतलाई राजनीतिक दल तथा उम्मेदवारले गरेको खर्च, खर्चको स्रोत र सार्वजनिक सम्पतीको प्रयोग भए–नभएकोबारे जानकारी संकलन गर्ने तथा पेश गरिएको विवरणको अनुगमन गर्ने जिम्मेवारी दिइएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?