Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने


१७ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो ।

तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका लागि आयुर्वेद विभागले रु तीन करोड बजेट विनियोजन गरेको छ”, उनले भने, “जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिएसँगै निर्माणकार्य अगाडि बढ्छन् ।” सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सय शय्याको आयुर्वेद अस्पातल निर्माण हुन लागेको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा अहिले ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनमा रहेको छ । नगरप्रमुख रणबहादुर महराले अस्पताल निर्माणका लागि जग्गा पहिचानको कार्य भइसकेकाले छिट्टै जग्गा प्राप्ति हुने बताए । “जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको छ”, उनले भने, “जग्गा प्राप्तिसँगै निर्माणकार्यका लागि आयुर्वेद विभागलाई गुहार्छौँ ।” आयुर्वेद अस्पताललाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने विभागको योजना रहेको छ ।

आयुर्वेद अस्पतालमा ३० चिकित्सकसहित सय जना कर्मचारी कार्यरत रहने बताइएको छ । अस्पताल परिसरमा जडीबुटी उत्पादन, अनुसन्धानसँगै नसर्ने रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने व्यवस्था हुने छ । आयुर्वेद विभागको उच्चस्तरीय टोलीले केही दिनअघि अस्पताल निर्माण हुने जग्गाको निरीक्षणको कार्य गरेको छ । टोलीले अस्पताल बनाउनका लागि जग्गा उपयुक्त रहेको ठहर गरेको नगरपालिकाका कर्मचारीको भनाइ रहेको छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?