Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ


पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताउनुभएको छ । कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा प्रष्टयाउनुभएको हो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानून कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराउनु भयो । उहाँले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याउनु भयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘कानून निर्माणको विषयलाई अडकलको विषय बनाईनु हुन्न । किनभने कानून निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरु छन् । यो निको हुनसक्छ । यसको इजलाज हुन सक्छ । यसका कार्यक्रमहरु हुन सक्छन । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ । यी सबै सम्भावनाहरुलाई बन्द गरेर अन्ध विश्वासको भरमा जव हामी कानून निर्माण गर्दछौँ । तब कानून यस्तै हुने गर्दछ । हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग सम्वाद नै गर्नं नसकेको, यसका अन्तरंग प्रश्नहरु गर्नै नसकेको र कुष्टरोग प्रभावितहरु पनि उत्तिकै सम्मानित हुन् । उनीहरुले पनि उत्तिकै सम्मानका साथ जीवन जीउन सक्दछन । समाज र राष्ट्रका लागि उनीहरुले योगदान दिन सक्दछन भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो ।’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठ निवारण हुने र उनीहरुले पनि समाज र राष्ट्रका योगदान गर्न सक्छन भन्ने कुरालाई भुल्न नहुने पनि बताउनु भयो ।

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताउनुभएको छ ।

कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा प्रष्टयाउनुभएको हो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानून कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराउनु भयो । उहाँले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याउनु भयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कानून निर्माणको विषयलाई अडकलको विषय बनाईनु हुन्न । किनभने कानून निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरु छन् । यो निको हुनसक्छ । यसको इजलाज हुन सक्छ । यसका कार्यक्रमहरु हुन सक्छन । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ । यी सबै सम्भावनाहरुलाई बन्द गरेर अन्ध विश्वासको भरमा जव हामी कानून निर्माण गर्दछौँ । तब कानून यस्तै हुने गर्दछ । हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग सम्वाद नै गर्नं नसकेको, यसका अन्तरंग प्रश्नहरु गर्नै नसकेको र कुष्टरोग प्रभावितहरु पनि उत्तिकै सम्मानित हुन् । उनीहरुले पनि उत्तिकै सम्मानका साथ जीवन जीउन सक्दछन । समाज र राष्ट्रका लागि उनीहरुले योगदान दिन सक्दछन भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठ निवारण हुने र उनीहरुले पनि समाज र राष्ट्रका योगदान गर्न सक्छन भन्ने कुरालाई भुल्न नहुने पनि बताउनु भयो ।


प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?