Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संसदीय मामिला पत्रकारको अध्यक्षमा सत्याल, महासचिवमा महरा


काठमाडौ : संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको आठौं अधिवेशनमा सत्याल अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै समाजको उपाध्यक्षमा सृजना घिमिरे र किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा गुन्जन राज गिरी र सबिता शर्मा, कोषाध्यक्षमा अमुल थापा, सदस्यहरूमा रघुनाथ बजगाईं, कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अन्जना लामिछाने, राजु थापा र विनोद कटुवालनिर्वाचित भएका छन् ।

परिणाम घोषणा समारोहमा नवनिर्वाचित अध्यक्ष सत्यालले संसदीय पत्रकारितालाई खोज अनुसन्धानमा केन्द्रित गर्ने र संस्थालाई संसदीय गतिविधिमा क्रियाशिल बनाउने प्रतिबद्धता जनाएका छन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?