Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

कम्बोडियामा फेसबुकका प्रतिनिधिलाई देश निकाला


१७ असार, एजेन्सी । कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भने, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन तर देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन ।”

हुन सेनले निर्वासित राजनीतिक विरोधीहरूले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाएका छन् ।

हुलाक तथा दूरसञ्चार मन्त्रालय (एमपीटीसी) ले शुक्रबार अबेर एक विज्ञप्ति जारी गर्दै फेसबुकका प्रतिनिधिलाई कम्बोडियाबाट निष्कासन गर्ने र कम्पनीको प्रतिनिधित्व, सरकारसँगको सम्बन्ध र निजी क्षेत्रमा साझेदारी सहयोगजस्ता सबै गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “एमपीटीसीले कम्बोडियाका प्रयोगकर्ताहरूका लागि फेसबुकको सेवाहरूमा नक्कली खाताहरू सिर्जना गर्ने, निजी सुरक्षाको जोखिम, तथ्याङ्क प्रयोग र सङ्कलन, नक्कली समाचारको प्रसार, जवाफदेहिता र पारदर्शिताको कमी, र देशको राजनीतिक मामिलामा हस्तक्षेपजस्ता अनियमितताहरू फेला पारेको जनाएको छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?