Trending
>>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक


निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवद्र्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उहाँले बताउनु भयो । हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ । उहाँकाअनुसार वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले व्लक गर्न सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उहाँले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरेको उहाँको भनाई छ । जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन अवधिभर आचारसंहिता विपरित गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्यहरुलाई नियमित गर्नको लागि आयोगमा स्थापना गरेको सूचना सदाचार प्रवद्र्धन एकाईमा हालसम्म प्राप्त भएका हानिकारण सूचनाहरु ६१२ वटा छन् । यी सूचनाहरुलाई नियमित गर्न, व्यवस्थापन गर्न र तिनीहरुलाई हटाउनको लागि आयोगले विभिन्न निकायहरुमा पत्रचार गर्दै आएको छ । ती निकायबाट त्यस्ता सूचनाहरु हटेका पनि छन् । नेपाल प्रहरीको साईबर व्युरोमा ३३६ वटा यस्ता सूचना हटाउन आयोगले लेखेर पठाएको थियो, तीमध्ये १२९ वटा सुचनाहरु साईवर व्यरोबाट हटिसकेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण जसले वेबसाईटहरुलाई रेगुलेट गर्ने काम गर्छ । उहाँहरुलाई पनि कतिपय वेवसाईटहरुले निर्वाचन आचारसंहिता विपरित निर्वाचन नतिजा नै पहिल्यै सार्वजानिक गर्ने, अनुमानित, भ्रामिक सूचना राखेको पाइएको हुँदाखेरी १२ वटा त्यस्ता वेबसाइटहरुलाई ब्लक गर्नेगरी आयोगले अनुरोध गरेको थियो, उहाँहरुले ती साइटहरु पनि ब्लक गरिसक्नुभएको छ । प्रेस काउन्सिलमा पनि ७४ वटा यस्ता हानिकारण सूचनाहरु हामीले पठाएका थियौ, उहाँहरुले ७४ वटा मध्ये ३२ वटा यस्ता सूचनाहरुलाई हटाइसक्नुभएको छ । यसरी निर्वाचन आयोगभित्रै भएको निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले ९० जना विभिन्न व्यक्तिहरुलाई स्पष्टिकरण सोधेको छ, आचारसंहिता विपरितको कार्य गरेको भनेर । उहाँहरुले पनि आयोगले तोकेकै समयमा स्पष्टिकरणहरु पेश गरिरहनुभएको छ । यो प्रक्रिया निर्वाचन आचारसंहिता विपरितका कार्यहरुलाई नियमित गर्ने र त्यस्ता सूचनालाई हटाउने गरी आयोगले गरेको आचारसंहितामा भएको व्यवस्था बमोजिमको कार्य हो । यो कार्यलाई निर्वाचन अवधीभर यसरी नै अगाडी बढाउँछौँ ।’ उहाँले निर्वाचन आचारसंहिता पालना गर्नको लागि आयोगले कडाई गरिरहेको पनि जानकारी दिनुभयो । निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जन नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नर्गन, शिक्षक तथा कर्मचारीहरुलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन तथा स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ ।

आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवद्र्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उहाँले बताउनु भयो । हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ । उहाँकाअनुसार वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले व्लक गर्न सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उहाँले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरेको उहाँको भनाई छ । जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन अवधिभर आचारसंहिता विपरित गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्यहरुलाई नियमित गर्नको लागि आयोगमा स्थापना गरेको सूचना सदाचार प्रवद्र्धन एकाईमा हालसम्म प्राप्त भएका हानिकारण सूचनाहरु ६१२ वटा छन् । यी सूचनाहरुलाई नियमित गर्न, व्यवस्थापन गर्न र तिनीहरुलाई हटाउनको लागि आयोगले विभिन्न निकायहरुमा पत्रचार गर्दै आएको छ । ती निकायबाट त्यस्ता सूचनाहरु हटेका पनि छन् । नेपाल प्रहरीको साईबर व्युरोमा ३३६ वटा यस्ता सूचना हटाउन आयोगले लेखेर पठाएको थियो, तीमध्ये १२९ वटा सुचनाहरु साईवर व्यरोबाट हटिसकेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण जसले वेबसाईटहरुलाई रेगुलेट गर्ने काम गर्छ । उहाँहरुलाई पनि कतिपय वेवसाईटहरुले निर्वाचन आचारसंहिता विपरित निर्वाचन नतिजा नै पहिल्यै सार्वजानिक गर्ने, अनुमानित, भ्रामिक सूचना राखेको पाइएको हुँदाखेरी १२ वटा त्यस्ता वेबसाइटहरुलाई ब्लक गर्नेगरी आयोगले अनुरोध गरेको थियो, उहाँहरुले ती साइटहरु पनि ब्लक गरिसक्नुभएको छ । प्रेस काउन्सिलमा पनि ७४ वटा यस्ता हानिकारण सूचनाहरु हामीले पठाएका थियौ, उहाँहरुले ७४ वटा मध्ये ३२ वटा यस्ता सूचनाहरुलाई हटाइसक्नुभएको छ । यसरी निर्वाचन आयोगभित्रै भएको निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले ९० जना विभिन्न व्यक्तिहरुलाई स्पष्टिकरण सोधेको छ, आचारसंहिता विपरितको कार्य गरेको भनेर । उहाँहरुले पनि आयोगले तोकेकै समयमा स्पष्टिकरणहरु पेश गरिरहनुभएको छ । यो प्रक्रिया निर्वाचन आचारसंहिता विपरितका कार्यहरुलाई नियमित गर्ने र त्यस्ता सूचनालाई हटाउने गरी आयोगले गरेको आचारसंहितामा भएको व्यवस्था बमोजिमको कार्य हो । यो कार्यलाई निर्वाचन अवधीभर यसरी नै अगाडी बढाउँछौँ ।’

उहाँले निर्वाचन आचारसंहिता पालना गर्नको लागि आयोगले कडाई गरिरहेको पनि जानकारी दिनुभयो । निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जन नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नर्गन, शिक्षक तथा कर्मचारीहरुलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन तथा स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।


प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?