Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने


चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।

बुधवार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उहाँले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेण्डा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘देश र मधेसकलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्यौं । हामीले विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रुपमा सुशासनको कुरा गर्यौँ त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यसपटक हामीले विभेदको अन्त्य सँगै सुशासनको स्थापना गर्न प्रतिवद्धताका साथ आएका छौँ ।’

उहाँले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गर्नुभयो । उहाँसँगै कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनिष झाको समेत उपस्थिति थियो ।


प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?