Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

खुला व्यायमशाला सञ्चालन


१७ असार, चितवन । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ। स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो।

व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गर्दै सार्वजनिक स्थानमा निर्माण गरिने भौतिक विकासले नगर क्षेत्रमा चहलपहल बढ्ने बताएका छन्। वडा नं १ का वडाध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर उद्यान बनाउने सपना पूरा हुँदै गएको बताएका हुन्। कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले उद्यानलाई थप आकर्षण बढाउन बुद्धको ठूलो स्तुपा बनाउन सकिएमा यसले पर्यटकीय चहलपहल बढाउने विश्वास व्यक्त गरे।

उद्यानमा निर्माण गरिएको बुद्धको स्तुपाको समेत अनावरण गरिएको छ। त्यसैगरी ‘चिल्ड्रेन पार्क’मा वृक्षरोपण गरिएको वडाध्यक्ष स्याङ्तानले बताए। खगेरी सब वन डिभिजन कार्यालयको अगुवाइमा कपुर, धुपी, बेल, निमलगायतका बिरूवा रोपिएको हो।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?