Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

खुला व्यायमशाला सञ्चालन


१७ असार, चितवन । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ। स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो।

व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गर्दै सार्वजनिक स्थानमा निर्माण गरिने भौतिक विकासले नगर क्षेत्रमा चहलपहल बढ्ने बताएका छन्। वडा नं १ का वडाध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर उद्यान बनाउने सपना पूरा हुँदै गएको बताएका हुन्। कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले उद्यानलाई थप आकर्षण बढाउन बुद्धको ठूलो स्तुपा बनाउन सकिएमा यसले पर्यटकीय चहलपहल बढाउने विश्वास व्यक्त गरे।

उद्यानमा निर्माण गरिएको बुद्धको स्तुपाको समेत अनावरण गरिएको छ। त्यसैगरी ‘चिल्ड्रेन पार्क’मा वृक्षरोपण गरिएको वडाध्यक्ष स्याङ्तानले बताए। खगेरी सब वन डिभिजन कार्यालयको अगुवाइमा कपुर, धुपी, बेल, निमलगायतका बिरूवा रोपिएको हो।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?