Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

समाचार


न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग

काठमाडौँ। न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । शनिवारको संसदीय सुनुवाई समितिमा सांसदहरुले न्याय परिषद्ले सर्वोच्च अदालतको लागि न्यायाधीश सिफारिस गरेकोमा समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस भएका छन् । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ

सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु

काठमाडौँ। सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई प्रारम्भ भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई प्रारम्भ गरिएको हो । समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले ‘संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा

विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा स्थानीय निकायको क्षेत्राधिकार भित्र जाने स्पष्ट पारेका छन् । शनिवार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा मन्त्री पन्तले संविधानतः विद्यालय शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र गएको स्पष्ट पारेका हुन् । उनले एसईई प्रदेश सरकार मातहत जाने विषयमा

बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा

काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारीबीचको सहमतिमा हस्ताक्षर गरेको बताएका छन् । शनिवार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सभापति थापाले आफुले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको बताए । आफुलाई

समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई

काठमाडौँ। नेकपा एमालेका सांसद कालुराम राईले शिक्षक महासंघसँग भएको सहमतिअनुसार असार १५ गतेको समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्ने बताएका छन् । शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद राईले विद्यालय शिक्षा विधेयक पारित गर्ने वातावरण बनेपनि अझै केही विषय छलफलमै रहेकोले विधेयक पेश

जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा

काठमाडौँ। विद्यालय शिक्षा विधेयक, २०८० को उपसमितिका संयोजक छविलाल विश्वकर्माले जिम्मेवार पक्षसँगको अनवरत छलफल पछि प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताएका छन् । शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी गराएका हुन् । उनले उपसमितिमा सरकारले समय समयमा विभिन्न सरोकारवालाहरुसँग गरेका

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

 काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरुसँग गरेको सम्झौता पार्टी हितमा भए नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन् । माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा रहेका दुई राजनीतिक

भारतको राजधानी दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मी

एजेन्सी। भारतको राजधानी दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मीले मानिसहरुको जनजीवन प्रभावित भएको छ । पछिल्लो केही दिनदेखि दिल्लीमा अधिकतम तापक्रम ४० डिग्री पुगेपनि लू चल्दा मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भइरहेको हो । आपदा प्रवन्धन प्राधिकरणले पछिल्लो केही दिनदेखि सर्वसाधारणको मोबाईलमा सन्देश पठाएर भारतीय मौसम विभागले पूरै दिल्लीमा “लू”

बौद्ध मन्दिर स्थापनार्थ संरक्षित बुटवलको सार्वजनिक जग्गा अनधिकृत रूपमा बेचविखन

काठमाडौँ। बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जस्थित जनशक्ति टोलले संरक्षण गर्दै आएको बुद्ध मूर्ति स्थापना गरिएको जग्गा समेत अनधिकृत रूपमा विक्रीवितरण भएको पाइएको छ । बौद्व मन्दिर स्थापनाका लागि बुद्धको मूर्ति राखेर पर्खाल लगाई संरक्षण गरिएको जग्गा केही व्यक्तिहरूले अनधिकृत रूपमा कब्जा गर्न लागेको भन्दै स्थानीय जनता संरक्षणमा जुटेका हुन्

शिक्षा क्षेत्रमा देखिएका समस्याहरुमा विगतको नेतृत्व दोषीः काँग्रेस सांसद भण्डारी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरुमा विगतको नेतृत्व दोषी रहेको बताएका छन । शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले समयमै ऐन कानून निर्माण हुन नसक्दा अहिलेका समस्या आइरहेको बताएका हुन् । उनले पूर्खाहरुले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याएको भएपनि

सम्वन्धित समाचारहरु