Trending
>>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह >>   निजामती ऐनलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो >>   दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा


काठमाडौँ। विद्यालय शिक्षा विधेयक, २०८० को उपसमितिका संयोजक छविलाल विश्वकर्माले जिम्मेवार पक्षसँगको अनवरत छलफल पछि प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताएका छन् ।

शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी गराएका हुन् । उनले उपसमितिमा सरकारले समय समयमा विभिन्न सरोकारवालाहरुसँग गरेका सम्झौता सहमतिमा समेटिएका र विधेयकमा सम्बोधन हुनुपर्ने विषयका बारेमा पनि सम्बन्धित मन्त्रालयसँग माग गरेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताए । संयोजक विश्वकर्माले सम्झौता र सहमतिहरु अनन्त चलिरहने खालको परिस्थिति अन्त्यका लागि पहल गरिएको र त्यसो हुन नसके विधेयकको काम टुंगिन सम्भव नहुने जानकारी दिए । निजी विद्यालयसँग सम्बन्धित र बाल विकाससँग सम्बन्धित विषयमा भने समितिमा नै गहन छलफल गर्नुपर्ने निष्कर्षसहित उपसमितिले प्रतिवेदन तयार पारेको उनको भनाइ थियो ।

उनले भने, ‘यो उपसमितिले जुन खालको परिस्थितिमा जिम्मेवारी प्राप्त गर्यो । प्राप्त हुँदाताकाको परिवेश कस्तो थियो ? आधारहरु के थिए ? छलफलको विषय कसरी बनाइयो ? संहितामा सीमाबद्ध भएर विषयहरुलाई कसरी अगाडि बढाइयो ? आदि आदि कुराहरु छन् । उपसमितिका बैठकहरुमा पनि जिम्मेवार पक्ष अनवरतरुपमा त्यसमा राखेर धेरै हिसावले विमर्श गरेर यो प्रतिवेदनलाई अन्तिम आकार दिइएको कुरा पुनः स्मरण गराउन चाहन्छु । यसमा त्यतिबेला पनि पटक पटक आग्रह गरिएको विषय के थियो भने सरकारले समय समयमा विभिन्न सरोकारवालाहरुसँग गरेका सम्झौता सहमति के छन् ? यो विधेयकमा सम्बोधन हुनुपर्ने प्रकृतिका केही त्यस्ता छन् भने प्राप्त होस् भनेको थियो । यो उपसमितिले दिएको समयभित्र यो काम सम्पादन गर्नका लागि पर्खिरहन मिल्ने अर्को व्यवस्था छैन भन्ने हाम्रो विमर्शको विषय बन्दै आएको थियो । तत्कालिन अवस्थामा त्यो परिस्थिति अलि बनेन । यो सम्झौता र सहमतिहरुपनि अनन्त चलिरहने खालको परिस्थिति भयो भने पनि यो विधेयकको काम टुंगिन सम्भव हुँदैन । सरोकारको रुपमा शिक्षक महासंघका साथीहरु हुनुभयो, त्यो दवावका बीचमा नै उपसमितिले काम अगाडि बढाउनु प¥यो । सरकारले त्यतिबेला हामीलाईसमेत पनि उपस्थित बनाएर त्यसलाई समाधान गर्ने कोशिष ग¥यो । तर हामीले त्यतिबेला उपसमितिलाई दिइएको अवधि छ, स्वयं उपसमितिको संयोजकलाई नै यो वार्ता संवादमा उपस्थित गराउने वातावरण नबोस् त्यो अन्त्य हुनुपर्छ भनियो । कतिपय सन्दर्भमा सभापति स्वयं उपस्थित हुनुभयो तर हामी कोहीपनि त्यसमा सहभागी भएनौं । तर, प्रतिवेदनमा हामीले के भन्यौं भने अब निजी विद्यालयसँग सम्बन्धित रहेको विषयमा समितिमा नै अलिक फराकिलो छलफल गरौं भनेर निष्कर्षमा पुग्यौं । र प्रारम्भिक वाल विकाससँग सम्बन्धित रहेको विषयमा पनि घनिभुत रुपमा छलफल भएको हो । धेरै हिसावले हामी साधारण निष्कर्षमा पुगेका हौं । तर, ती निष्कर्षहरुलाई पनि खण्ड खण्डमा आउनु उचित हुँदैन त्यसैले यी दुई विषयलाई समितिमै छलफल गर्दै टुंगोमा पुगौं भनेर त्यसलाई थाँती राखेर यो प्रतिवेदनलाई समिति समक्ष बुझायौं ।’

उनले निष्कर्षहरु खण्ड खण्डमा आउनु उचित नहुने भन्दै दुई विषयलाई भने समितिमै छलफल गरेर टुंगोमा पुर्याउने गरी प्रतिवेदन समितिसमक्ष बुझाएको स्पष्ट पारे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?