९ ,भाद्र ,काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी
९ ,भाद्र ,सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको
९ ,भाद्र ,वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन् । उनि सेप्टेम्वरको पहिलो साता काठमाडौँ पुग्ने कार्यतालिका रहेको जनाइएको छ । सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक
९ ,भाद्र ,ढोरपाटन (बागलुङ) । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर
९ ,भाद्र ,काठमाडौँ । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६
९ ,भाद्र ,काठमाडौँ । नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था
८ ,भाद्र ,ढोरपाटन (बागलुङ) । भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधान सडकमा ठप्प भएका
८ ,भाद्र ,काठमाडौँ । नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई रु पाँच लाख सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा गुठीलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरेको हो । कम्पनीका प्रमुख लगानीकर्ता गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले
८ ,भाद्र ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक
८ ,भाद्र ,काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उनले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मकरुपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिए । मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि