Trending
>>   मिसन ०८४ को नेतृत्व ओलीले नै गर्नुपर्छः एमाले नेताहरु >>   सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’ >>   राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन… >>   वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री >>   संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल >>   स्थानीय सरकारलाई ब्युँझाउन जरुरीः सांसद पाण्डे >>   पूर्वराष्ट्रपति भण्डारीलक्षित सांसद खतिवडाको टिप्पणीः सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न >>   भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ >>   सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन >>   सांसद साहको टिप्पणीः देवता भेट्न बरु सहज हुन्छ होला, परराष्ट्रमन्त्री भेटिनुभएन
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

‘प्रेमगीत ४’ अघि ‘बलिदान’ बनाउँदै सन्तोष सेन


काठमाडौं । ‘प्रेमगीत’का तीन श्रृंखलाको बक्स अफिस सफलतापछि निर्माता सन्तोष सेनले आगामी फिल्मको रुपमा ‘बलिदान’ निर्माणको घोषणा गरेका छन् । उनले तिहारपछि छायांकनमा जाने तयारी भइरहेको जनाएका छन् ।

सोसियो-पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्छ । मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बनाउन लागिएको यो फिल्मको टिजर छायांकन भइसकेको छ । निर्माताले ‘बलिदान’ शीर्षकमा चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गरिसकेका छन् । ६ करोड बजेट बताइएको यो फिल्मको छायांकन मधेश प्रदेशका विभिन्न स्थानमा गर्ने तयारी छ । तर फिल्म राजनीतिक कथावस्तुबारेमा आधारित नरहेको सेनले बताए । ‘कथावस्तु वर्तमान राजनीतिबारे छैन । कथा वास्तविक हुन्छ तर पात्र काल्पनिक हुन्छन् । मधेशी र पहाडीबीचको द्वन्द्व किन थियो र किन भयो भन्ने इस्युमा फिल्म बन्न लागेको हो । नेपाली हामी एक हौं भन्ने सन्देश यसले दिन्छ,’ उनले भने । उनले सन् १९९७ मा निर्माण भएको फिल्म महजोडी स्टारर फिल्म ‘बलिदान’को कथावस्तुसँग यो फिल्मको सम्बन्ध नरहेको बताए । फिल्मको निर्देशक र कलाकारबारे खुलाइएको छैन । चाँडै यसबारे विस्तृत घोषणा गर्ने आशुसेन फिल्म्सको तयारी छ । ‘यो निकै हेभी फिल्म हुनेवाला छ । एक महिनाअघि प्रि-प्रोडक्सन सुरु हुनेछ । सेट बनाउने तयारी छ । स्क्रिप्टको लागि लेखकहरु अहिले अनुसन्धानमा हुनुहुन्छ । हातहतियार र घटनाबारे रिसर्च हुँदैछ,’ उनले भने ।

चर्चित कलाकारलाई कास्टिङ गर्ने निर्माता सेनले जनाए । तर यसमा प्रदीप खड्का कास्ट हुन्छन् या हुँदैनन् भन्नेबारे उनले खुलाएनन् । निर्माताले बोर्डमा यसअघि ‘भिल्ला’ शीर्षक दर्ता गरे पनि पछि ‘बलिदान’ शीर्षकमा नाम परिवर्तन गरिएको थियो । यो प्रोजेक्टपछि निर्माता सेन ‘प्रेमगीत’को चौंथो श्रृंखला निर्माणमा व्यस्त हुनेछन् । ‘हामीसँग दुईवटा ठूला प्रोजेक्ट पाइपलाइनमा छन्’ केही दिनअघि लण्डनबाट फर्किएका निर्माता सेनले भने, ‘सुरुमा बलिदानलाई फ्लोरमा लैजाने गरी काम भइरहेको छ ।’ गत महिना नै मधेशको जंगलमा टिजर छायांकन गर्दाका केही दृश्य टिकटकमा भाइरल भएको थियो । त्यतिबेला नै आशुसेन फिल्म्सको नयाँ प्रोजेक्टबारे चर्चा सुरु भएको थियो ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?