Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

‘प्रेमगीत ४’ अघि ‘बलिदान’ बनाउँदै सन्तोष सेन


काठमाडौं । ‘प्रेमगीत’का तीन श्रृंखलाको बक्स अफिस सफलतापछि निर्माता सन्तोष सेनले आगामी फिल्मको रुपमा ‘बलिदान’ निर्माणको घोषणा गरेका छन् । उनले तिहारपछि छायांकनमा जाने तयारी भइरहेको जनाएका छन् ।

सोसियो-पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्छ । मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बनाउन लागिएको यो फिल्मको टिजर छायांकन भइसकेको छ । निर्माताले ‘बलिदान’ शीर्षकमा चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गरिसकेका छन् । ६ करोड बजेट बताइएको यो फिल्मको छायांकन मधेश प्रदेशका विभिन्न स्थानमा गर्ने तयारी छ । तर फिल्म राजनीतिक कथावस्तुबारेमा आधारित नरहेको सेनले बताए । ‘कथावस्तु वर्तमान राजनीतिबारे छैन । कथा वास्तविक हुन्छ तर पात्र काल्पनिक हुन्छन् । मधेशी र पहाडीबीचको द्वन्द्व किन थियो र किन भयो भन्ने इस्युमा फिल्म बन्न लागेको हो । नेपाली हामी एक हौं भन्ने सन्देश यसले दिन्छ,’ उनले भने । उनले सन् १९९७ मा निर्माण भएको फिल्म महजोडी स्टारर फिल्म ‘बलिदान’को कथावस्तुसँग यो फिल्मको सम्बन्ध नरहेको बताए । फिल्मको निर्देशक र कलाकारबारे खुलाइएको छैन । चाँडै यसबारे विस्तृत घोषणा गर्ने आशुसेन फिल्म्सको तयारी छ । ‘यो निकै हेभी फिल्म हुनेवाला छ । एक महिनाअघि प्रि-प्रोडक्सन सुरु हुनेछ । सेट बनाउने तयारी छ । स्क्रिप्टको लागि लेखकहरु अहिले अनुसन्धानमा हुनुहुन्छ । हातहतियार र घटनाबारे रिसर्च हुँदैछ,’ उनले भने ।

चर्चित कलाकारलाई कास्टिङ गर्ने निर्माता सेनले जनाए । तर यसमा प्रदीप खड्का कास्ट हुन्छन् या हुँदैनन् भन्नेबारे उनले खुलाएनन् । निर्माताले बोर्डमा यसअघि ‘भिल्ला’ शीर्षक दर्ता गरे पनि पछि ‘बलिदान’ शीर्षकमा नाम परिवर्तन गरिएको थियो । यो प्रोजेक्टपछि निर्माता सेन ‘प्रेमगीत’को चौंथो श्रृंखला निर्माणमा व्यस्त हुनेछन् । ‘हामीसँग दुईवटा ठूला प्रोजेक्ट पाइपलाइनमा छन्’ केही दिनअघि लण्डनबाट फर्किएका निर्माता सेनले भने, ‘सुरुमा बलिदानलाई फ्लोरमा लैजाने गरी काम भइरहेको छ ।’ गत महिना नै मधेशको जंगलमा टिजर छायांकन गर्दाका केही दृश्य टिकटकमा भाइरल भएको थियो । त्यतिबेला नै आशुसेन फिल्म्सको नयाँ प्रोजेक्टबारे चर्चा सुरु भएको थियो ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?