Trending
>>   पूर्वराष्ट्रपति भण्डारीलक्षित सांसद खतिवडाको टिप्पणीः सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न >>   भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ >>   सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन >>   सांसद साहको टिप्पणीः देवता भेट्न बरु सहज हुन्छ होला, परराष्ट्रमन्त्री भेटिनुभएन >>   सर्वोच्चमा विचारधिन जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिमा छलफल, सांसदको आपत्ति >>   मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार >>   जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू >>   नायव महान्यायाधिवक्ता घिमिरेको स्वेच्छिक अवकाश स्वीकृत >>   सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ? >>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

१९औं एसियाली खेलकुदमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित


९ असोज, हान्झाउ । चीनमा जारी १९औं एसियाली खेलकुदमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित भएको छ ।

रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो  । मंगलबार भएको ९-१३ औं स्थान निर्धारणको लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हान्झाउ नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको खेलमा अन्तिम नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८-० अन्तरले पराजित भयो । प्रतियोगितामा नेपालले बेहोरेको यो सबैभन्दा ठूलो हारसमेत हो । यससहित नेपालले खेलेको सबै ६ खेल हारेको हो । ६ खेल खेल्दा नेपालले समूह चरणमा यूएईविरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५-७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५-० र अफगानिस्तानसँग ४१-० ले पराजित भयो ।

समूह चरणमा तीनवटै खेलमा पराजित समूह चरणबाट बाहिरिएपछि ९ देखि १३औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५-० र थाइल्याण्डसँग ३६-० ले पराजित भयो । एसियाडमा चौथो दिनको खेल चलिरहँदा नेपालको प्रदर्शन निराशाजनक रहेको छ । अहिलेसम्म केही खेलका खेलाडीले एक खेल जित्ने बाहेक नेपालको कुनै उपलब्धि भएको छैन । नेपालले पदकको आशा गरेको तेक्वान्दो र बक्सिङमा पनि त्यस अनुसारको प्रदर्शन देखिएको छैन । रग्बी सहित केही खेलले नेपालबाट पहिलो पटक एसियन गेम्समा सहभागिता जनाएका छन् । नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, रग्बी र जुडोमा चुनौती समाप्त भइसकेको छ ।

 


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?