Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अभियान्ता ईः को अभियानमा कांग्रेस नेता नैनसिंह महरको ऐक्यबद्धता


काठमाडौं । नेपाली कांग्रेस नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईः को अभियानमा ऐक्यवद्धता जनाएका छन्।

१९९ घण्टा लगातार राष्टिय सभागृह बाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीहरुको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्टिय सभागृह पुगेका हुन् । अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानिय सरकार देखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।

उनले आफू आफू आबद्ध पार्टी नेपाली कांग्रेसले पनि गम्भीरता पूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमि लिने बताए । ईः लाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेताकार्यकर्ता देखि अभियानकर्मिहरु राष्टियसभा गृह पुग्न क्रम जारी छ ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?