Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दशैंको पूर्वसन्ध्यामा पशुबलि निषेधको आह्वान गर्दै काठमाडौँमा र्याली


काठमाडौँ: दशैंको पूर्व सन्ध्यामा विभिन्न प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा शनिवार बिहान पशुबलिविरुद्ध र्याली निकालेका छन्। विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ले दशैं अघिको छेको पारेर पशुहिंसा निषेधको आव्हानसहित जागरण र्याली निकाल्ने गरेका छन्।

र्‍यालीमा नेपाल शाकाहारी संघ र नेपाल विशुद्ध शाकाहारी (भिगन) संघको सहभागिता थियो। बौद्धमार्गी, ओशोपन्थी, कबिरपन्थी, वैश्णव, प्रणामी, ब्रम्हकुमारी संस्था, साइपन्थी, ‘सुप्रिम मास्टर्समार्गी’, नास्तिकजन तथा शाकाहारको वकालत गर्ने आध्यात्मिक संस्थाहरूको र्‍यालीमा सहभागिता थियो।

र्याली भद्रकालीमा सुरु भइ न्युरोडको जुद्ध सडक हुँदै रत्नपार्कमा आई कोणसभामा टुङ्गिएको थियो। र्‍यालीको समापनमा बोल्दै पशुबलि निषेध चेतना अभियानका मुख्य अभियन्ता तथा संस्कृतिविद डा. गोविन्द टन्डनले वातावरण रक्षादेखि मानव स्वास्थ्यको लागिसमेत पशुजन्य भोजन कम गर्नुपर्ने तर्क राखे। उनले भने, ‘मन्दिरमा होस् या वधशालामा, कतै पनि पशु नमारीकन पनि मानव जीवन चल्न सम्भव छ। अबको मानव जाति त्यसतर्फ लाग्नुपर्छ।’

शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले सबै प्राणीलाई बाँच्ने रहर हुने भन्दै आजको युगमा पशुबलिमात्रै नभएर पशुजन्य भोजन पनि अनुचित भएको तर्क राखे। उनले भने, ‘पृथ्वी सबैको साझा घर हो, तर हामीले पशु र प्रकृतिको अति दोहन गरेकै कारण आज जलवायु परिवर्तनलगायत समस्या निम्तेको छ।’


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?