Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

दशैंको पूर्वसन्ध्यामा पशुबलि निषेधको आह्वान गर्दै काठमाडौँमा र्याली


काठमाडौँ: दशैंको पूर्व सन्ध्यामा विभिन्न प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा शनिवार बिहान पशुबलिविरुद्ध र्याली निकालेका छन्। विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ले दशैं अघिको छेको पारेर पशुहिंसा निषेधको आव्हानसहित जागरण र्याली निकाल्ने गरेका छन्।

र्‍यालीमा नेपाल शाकाहारी संघ र नेपाल विशुद्ध शाकाहारी (भिगन) संघको सहभागिता थियो। बौद्धमार्गी, ओशोपन्थी, कबिरपन्थी, वैश्णव, प्रणामी, ब्रम्हकुमारी संस्था, साइपन्थी, ‘सुप्रिम मास्टर्समार्गी’, नास्तिकजन तथा शाकाहारको वकालत गर्ने आध्यात्मिक संस्थाहरूको र्‍यालीमा सहभागिता थियो।

र्याली भद्रकालीमा सुरु भइ न्युरोडको जुद्ध सडक हुँदै रत्नपार्कमा आई कोणसभामा टुङ्गिएको थियो। र्‍यालीको समापनमा बोल्दै पशुबलि निषेध चेतना अभियानका मुख्य अभियन्ता तथा संस्कृतिविद डा. गोविन्द टन्डनले वातावरण रक्षादेखि मानव स्वास्थ्यको लागिसमेत पशुजन्य भोजन कम गर्नुपर्ने तर्क राखे। उनले भने, ‘मन्दिरमा होस् या वधशालामा, कतै पनि पशु नमारीकन पनि मानव जीवन चल्न सम्भव छ। अबको मानव जाति त्यसतर्फ लाग्नुपर्छ।’

शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले सबै प्राणीलाई बाँच्ने रहर हुने भन्दै आजको युगमा पशुबलिमात्रै नभएर पशुजन्य भोजन पनि अनुचित भएको तर्क राखे। उनले भने, ‘पृथ्वी सबैको साझा घर हो, तर हामीले पशु र प्रकृतिको अति दोहन गरेकै कारण आज जलवायु परिवर्तनलगायत समस्या निम्तेको छ।’


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?