Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सुत्केरी महिलाको ज्यान खतरामा, हेलिकप्टरमार्फत उद्धारका लागि पहल


बाजुरा । बाजुरा जिल्लाको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा उनको ज्यान जोखिममा परेको छ ।

उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेकोे स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए । उहाँका अनुसार रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो । सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताए । उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?